मांसाहारी खाना धेरै खाएमा के के असर हुनसक्छ ? थाहा पाउनुस
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार २०:२८:७
मांसाहारी ब्यक्तिको तौल बढी हुन्छ । जसले गर्दा मधुमेह, उच्च रक्तचाप, बढी कोलेस्ट्रोल जस्ता रोग लाग्ने गर्छ । मांसाहारी मानिसलाई आन्द्रालगायत अरू क्यान्सरको पनि उच्च जोखिम हुन्छ । मांसाहारीलाई मुटुरोगको सम्भावना पनि बढी हुन्छ । वैज्ञानिक रूपमा हेर्दा मांसाहारमा कार्बोहाइड्रेट कम हुन्छ ।
प्रोटिन र मिनरल्सको मात्रा बढी हुन्छ । यी दुवै फाइदाजनक छ । तर, हुर्कंदै गरेका कुपोषित बच्चाहरूका लागि मात्र यस्तो कुरा महत्वपूर्ण हुन्छ । स्वस्थ व्यक्तिका लागि भने मासु खानैपर्ने बाध्यता चाहि छैन । किनकि, यसमा बोसोको मात्रा बढी हुन्छ । जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
मांसाहारीमा ओभर न्युट्रिसनको समस्या हुन्छ, जसले दूरगामी असर पार्छ । अहिलेको अवस्थामा हाम्रो शरीरलाई फाइबरको आवश्यकता निकै बढी हुन्छ । यसले कोलेस्ट्रोल घटाउने काम गर्छ । तर, फाइबर मासुबाट पाइँदैन ।
एउटा मात्र कुरा के भने मासुमा भिटामिन बी–१२ को मात्रा हुन्छ । जुन शाकाहारीबाट पाइँदैन । यो तत्वले नसासम्बन्धी समस्या निम्त्याउँछ । तर, सबै शाकाहारी भोजनमा भिटामिन बी–१२ हुँदैन भन्नेचाहिँ होइन ।
मासु कसरी खाने ?
आफ्नो शरीरको अवस्था के छ र मासुबाट के–के तत्व पाइन्छ भन्ने कुरालाई ध्यानमा राखेर मासुको प्रयोग गर्नुपर्छ । मासु आफैँमा हानिकारक भए तापनि धेरैले अत्यधिक प्रयोग गरिरहेका हुन्छन् । यदि खाइहाल्ने हो भने हप्तामा एक दिनभन्दा बढी खानु राम्रो होइन । र, त्यसको परिमाणमा पनि ध्यान दिन जरुरी हुन्छ ।
मासु किन्दा यसको क्वालिटीको विषयमा विशेष ध्यान दिनुपर्छ । एकदमै कम बोसो भएको मासु मात्र प्रयोग गर्नुपर्छ । मासु लिएपछि पकाउने कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । नत्र शरीरलाई हानि पुर्याउछ । डिप फ्रिजमा राखिएको ससेस, मःमजस्ता प्रोसेस्ड मिट खानेको संख्या पनि ठूलो छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ ।
ग्रिल, बेकिङ गरेर र माइक्रो ओभनमा पकाउँदा असर पनि कम गर्छ । मासुमा प्रयोग गर्ने तेलको मात्रालाई पनि विशेष ध्यान दिनुपर्छ । मासु आफैँमा बोसो हुने भएकाले राखेको थप तेलले असर गर्छ । कहिल्यै पनि मासु मात्र प्रयोग गर्नुहुँदैन । त्यसको साथमा फाइबरयुक्त सलाद, सागलगायतको पनि सँगै प्रयोग गर्न जरुरी हुन्छ ।सकेसम्म रेस्टुरेन्टमा तयार पारेको मासुको प्रयोग गर्नुहुँदैन । रेस्टुरेन्टमा पाकेका खाना स्वस्थभन्दा पनि स्वादलाई ध्यानमा राखेर तयार पारिएको हुन्छ । जसले नराम्रो असर पुर्याउछ ।
रेड मिटको प्रयोग सकेसम्म गर्नुहुँदैन । यदि गर्ने नै मन भए महिनामा एकपटक वा निकै कम प्रयोग गर्नुपर्छ । खसी, राँगा लगायतमा रेड मिट हुन्छ र यसमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । धेरैलाई लाग्छ कि चिकेन ह्वाइट मिट हो र यसले कोलेस्ट्रोल बढाउँदैन, जुन गलत हो । यसमा पनि फ्याट हुन्छ । अन्डाको पहेँलो भागमा अत्यधिक कोलेस्ट्रोलको मात्रा हुन्छ । त्यसैले यसको पनि बढी प्रयोग गर्नुहुँदैन ।
माछाबाट अनस्याचुरेटेड फ्याट पाइन्छ, जसले मुटु र मोटोपनमा असर गर्दैन । यसले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । तर, यसलाई डिप फ्राई गरेर प्रयोग गर्दा भने यसको अनस्याचुरेटेड फ्याट नष्ट हुन्छ र स्वास्थ्यमा असर पुर्याउछ ।
उच्च रक्तचाप, मधुमेहका रोगीले मासुको प्रयोग नै नगर्दा वा निकै कम गर्दा राम्रो । त्यसैले हामीले स्वाद र स्वास्थ्यलाई सन्तुलनमा राखेर खानु जरुरी हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार