वालिङका तीन ठाउँमा ‘बंगुर पकेट क्षेत्र’ घोषणा
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार २१:११:१६
२९ जेठ, वालिङ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन बन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रका रुपमा विकास गरेको हो ।
घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालीम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी ब्यवसायिकतामा जोड दिईने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
“पकेट क्षेत्रका कृषकहरुमा ब्यवसाय सञ्चालनका लागि दृढ ईच्छा, संकल्प हुनुप¥यो अन्य सहयोग नगरपालिकाले गर्छ” उनले भने, “कृषकहरुलाई ब्यवसायिक बनाउनका लागि आवश्यक पर्ने सहयोगका लागि नगरपालिका प्रतिबद्ध छ ।”
सामूहिक वा ब्यक्तिगत रुपमा बंगुरपालन गर्न चाहने कृषकहरुका लागि आवश्यक परेमा नगरपालिकाले बंैकहरुसँग समन्वय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको लागि बजारीकरणको ब्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने उनको भनाई थियो ।
“सानो संख्यामा र परम्परागत तबरबाट गर्दै आएको निर्वाहमुखी ब्यवसायलाई अब आधुनिक र थप ब्यवसायिकतातर्फ अगाडि बढाउनुहोस्” उनले भने, “ब्यवसाय विस्तारका क्रममा कहाँनेर अप्ठ्यारो आईपर्छ हामीलाई खबर गर्नुहोस् समाधानको पहल हामी गर्छौं, ढुक्क भएर ब्यवसायिक उत्पादनमा जोड दिंदै आर्थिक स्तर उकास्नतर्फ लाग्न कृषकहरुलाई अनुरोध गर्दछु ।”
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले आर्थिक समृद्धिकालागि यो कार्यक्रमले निक्कै महत्व राख्ने भएकाले पनि कृषकहरुलाई ब्यवसायिकतातर्फ जोडिन आग्रह गरे । ब्यवसायिकरुपमा अगाडि बढ्दै गर्दा आईपर्ने कठिनाईहरुमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उपप्रमुख तिवारीले जनाए ।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष पाण्डुकुमार थापाले नगरपालिका, वडा कार्यालय तथा कृषकहरुबीचको सहकार्यबाट थप सफलता हात पर्ने बताए । चालु आर्थिक वर्षका लागि दश लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको ब्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाईएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताए ।
नगरपालिकाले घोषणा गरेको तीन वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७ ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरेर ब्यवसायिक थालनी गरिएको हो ।
२÷३ दिनभित्रैमा अन्य दुई गाउँमा पनि कृषकहरुको माग अनुसार बंगुरका पाठापाठी वितरण गर्ने तयारी भएको छ । यसवर्ष नगरपालिकाले तीनवटा पकेट क्षेत्रमा एकसय ४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने, कृषकहरुलाई आवश्यक ज्ञान सीपसहित तालीमहरु दिने, औषधि उपचारको ब्यवस्था मिलाउने छ ।
वालिङलाई माछा मासु तथा अण्डामा आत्मनिर्भर बनाउनका लागि यसखालका कार्यक्रमहरुले निक्कै महत्वपूर्ण भूमिका राख्ने भएकाले यो अभियानमा नगरपालिकासहित लक्षित कृषकहरु झन सक्रिय हुनु आवश्यक रहेको डा. अधिकारीले बताए । कार्यक्रममा नगरपालिकाका पशु प्राविधिक दोलराज गैह«े, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट क्षेत्र कार्यक्रमका सदस्य तारा थापाले बंगुरपालनका संभावनाकाबारेमा धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार