लायन्स क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ २९, २०७८ आइतबार १:२०:३१
२९ जेठ, वालिङ । लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने खालका स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन सिटी, लियो क्लब अफ वालिङ सिटीले संयुक्तरुपमा नगरपालिकालाई स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेको हो ।
लायन्स क्लबले थर्मल गन १० थान, नोजल मास्क १०० थान, अक्सिमिटर ३० थान, पीपी1ई सेट २० थान, ग्लोभ्स १० प्याकेट, रेगुलेटर अक्स फ्लो मिटर १५ थान, सर्जिकल मास्क २५०० थान गरी कूल एकलाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री नगर प्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेको हो ।
विपदका समयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरणहरु उपलब्ध गराएर सहयोग गर्नुभएकोमा विभिन्न संघसंस्था तथा ब्यक्तिहरुप्रति नगर प्रमुख खाँणले धन्यवाद ज्ञापन गरे । विगतका वर्षहरुमा आईपरेका विपदका समयमा क्लबले सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा नगर प्रमुख खाँणले गरेका थिए ।
महमारीका समयमा निक्कै सक्रिय रहेर जनप्रतिनिधि, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु निरन्तर सेवामा खटिरहेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा क्लबकोतर्फबाट पनि केही सहयोग गरिएको लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष कविता भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार