बिरुवा गाउँपालिका ४ मा कांग्रेसद्धारा राहत वितरण
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १५:३९:५४
३० जेठ, पोखरा । नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका ४ स्याङ्जाले खाद्यान्न र औषधी सहयोग गरेको छ । कांग्रेसको वडा कमिटीले साबिकको ओरष्टे गाविसभित्र रहेका गरिब तथा विपन्न परिवारलाई शनिबार राहत उपलब्ध गराएको हो ।
पालिकाको ४ नम्बर वडाभित्र रहेको २ सय ५० घरलाई खाद्यान्नवितरण गरेको नेपाली कांग्रेस स्याङ्जाका प्रदेश सचिव डोलराज पोखरेलले जानकारी दिए । खाद्यान्नमा चामल, तेल, दाल र नुनवितरण गरेको प्रदेश कार्यसमिति सदस्य नरेश पोखरेलले बताए ।
कोरोना महामारीको समयमा गाउँमा सचेतना जगाउँदै भिटामिन ‘सि’, सिटामोल, मास्क र हातधुने साबुन पनि वितरण गरिएको वडा इकाइ सभापति मुक्त गुरुङले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रकान्त पोख्रेलले महामारीको समयमा वडा इकाइ कमिटीले सराहनीय काम गरेको धारणा राखे । बिरुवा ४ घर भई पोखरा लगायत देशको विभिन्न शहरमा बस्ने साथै विदेशमा रहेकाले दुखको बेला गाउँलाई सम्झिएकोमा नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका उपसभापति नारायण पोखरेलले धन्यवाद दिए । वडा इकाइ सभापति ऋषिराम शर्माले आगामी दिनमा पनि वडाबासीबाट सहयोगको अपेक्षा गरे ।
वडा ४ मा दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई लकडाउनपछि समस्या सुरु भएकाले राहतले धेरै सहयोग पुग्ने वडा इकाइ सचिव ज्योति प्रकाश थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति
चैत १२, २०८० सोमबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार