ओलीको दम्भले फेरिएको सत्ता
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १५:४८:३०
३० जेठ, काठमाडौं । दुई तिहाई निकट नेकपा सरकार अब नेपालमा ५० वर्ष निरन्तर चल्ने उद्घोष गर्ने प्रधानमन्त्री केपी ओली तीन वर्ष नबित्दै अल्पमतमा परे । उनको निरंकुश चरित्र र अहंकारले नेकपा मात्र नभई माउ पार्टी एमाले नै ध्वस्त भएको छ । संसद्मा ओलीसँग यतिबेला केबल ९३ मत रहेको यथार्थ हो, जो उनी आफैंले स्वीकार गरेका छन् ।
ओलीकै कारण देशैभरिका शासकीय स्वरुपमा फेरबदल आउने क्रम जारी छ । कम्तिमा पाँच वर्ष प्रतिपक्षमा बस्ने मूड बनाएको नेपाली कांग्रेसको हातमा अप्रत्याशित रुपले सत्ता आउने क्रम पनि तीब्र भएको छ । यसको पछिल्लो श्रृँखला गण्डकी प्रदेशमा देखिएको छ ।
अनेक तिकडम र चालबाजी गर्दासमेत पार नलागेकाले हिजो ओली संयन्त्रले प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनायो ।तर मन लागेर हैन । बाध्य भएर मात्रै । जेभएपनि कांग्रेसले नसोचेको फल प्राप्त गरेको हो । त्यसका लागि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नै मुख्यकारक हुन् ।
कांग्रेसको सत्ता यात्रा प्रदेश तहमा यसअघि नै सुरु भइसकेको हो । कर्णाली प्रदेश र प्रदेश नं. २ मा काँग्रेस सत्तामा उक्लिसकेको छ । यो यात्रा अरु प्रदेशमा समेत अघि बढ्ने सम्भावना रहेको छ ।
ओली नै कारक
यति सहजै नेपाली कांग्रेस सत्तामा फर्कने कल्पना सायदै कसैले गरेको थियो । किनभने जनताले प्रदेश र संघमा वाम गठबन्धनलाई प्रष्ट वहुमत दिएको थियो । तर सत्तामा पुगेपछि ओलीमा देखिएको अहंकार र एकल सोचका कारण पार्टी नै धरापमा प¥यो । पूर्व माओवादी र आफ्नै पार्टीका वरिष्ठ नेताहरुलाई पाखा लगाउने उनको शैली र व्यवहारले भयानक द्वन्द्व सिर्जना ग¥यो । यो क्रम बढ्दै गएपछि ओलीले न्यायलयसँगको सेटिङमा फागुन २३ को फैसला गराए ।
एमाले र माओवादी फुटेपछि आफ्नो हैसियत अझै बलियो हुने ओली सोच यथार्थमा परिणत हुन सकेन । माओवादीलाई लघार्न सफल भएपनि आफ्नै पार्टीलाई व्यवस्थापन गर्न पनि ओली चुके । त्यसैको जगमा ओलीतन्त्र धराशायी हुनेक्रम अगाडि बढेको छ । ओलीको निरंकुशताकै बलमा काँग्रेसको सत्तायात्रा तीब्र भएको छ ।
पर्ख र हेरको अवस्था
एमाले भित्रको द्वन्द्व कसरी अघि बढ्ला भन्ने धेरैको जिज्ञाशा छ । ओली सत्ताबाट बाहिरने अवस्था आएकाले केही लचक भएको देखिन्छ । ओली विरुद्ध माधव नेपाल पक्षका २३ जना सांसद्ले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको विरोधमा माधव नेपाल पक्ष समेत अदालत पुगेको छ ।
पछिल्लो अवस्थाको मूल्याङ्कन गरेको बालुवाटार केही मत्थर देखिन्छ । किनभने दोस्रो पटक पनि अदालतले प्रतिनिधिसभा व्यूँताइदिने लगभग निश्चित रहेको पूर्वानुमान ओली पक्षको रहेको छ । त्यसैले सकेसम्म माधव पक्षलाई साथ लिएर फेरि पनि सत्तामा टिक्ने ओलीको दाउ छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतोको साथमा रहेका २० जना सांसद्समेतको साथ पाउँदा १५१ जनाको वहुमत रहने स्थिति बन्ने देखिएको छ । त्यसैले ओली अहिले माधव पक्षसँग सम्बादमै देखिन्छ ।
त्यसका लागि माधव पक्षका केही नेतासँग ओलीको निरन्तर सम्बाद भइरहेको छ । ओलीले पार्टी एकीकरणका लागि फ्यालेको ६ बूँदे प्रस्तावलाई माधव पक्षले जालसाजी भनेको छ । तर त्यसको जवाफ ओली पक्षले दिएको छैन । ओली र माधव दुबै पक्ष अहिले पर्ख र हेरको अवस्था छन् । भोलि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन अदालतको फैसला कुर्ने दुबै पक्षको दाउ छ ।
ओलीविरुद्धको मोर्चाबन्दी
प्रधानमन्त्री ओली जसरी भएपनि सत्ता नछाड्ने मनस्थितिमा रहेको निचोड अब प्रतिपक्षी पार्टीहरुले निकालेका छन् । जस्तोसुकै अवस्थामा पनि सत्तामै रहने ओली मनसाय प्रकट भएकाले विपक्षीहरुले कसिलो मोर्चाबन्दी गर्न थालेका छन् । काँग्रेस सभापति देउवाले जब वहुमत सांसद्को हस्ताक्षरलाई बालुवाटारको इशारामा शीतल निवासले लत्याएको अनुभूत गरे अनि ओलीविरुद्धको मोर्चाबन्दीको नेतृत्व गर्न कम्मर कसेका छन् । हिजो मात्रै पाँच जना पूर्व प्रधानमन्त्रीहरुले ओलीविरुद्ध संयुक्त विज्ञप्ति नै निकालेर खबरदारी गरेका छन् ।
देउवासहित पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले ओलीको सर्वसत्ताबादविरुद्ध ऐक्यवद्धता देखाएका छन् । ओलीले स्वतन्त्र न्यायलयमाथि दबाब सिर्जना गर्न महान्यायधिवक्तामार्फत धम्क्याउन खोजेको आरोप लगाइएको छ । पार्टी वैठकबाट मात्र नभई कर्मचारीमार्फतसमेत न्यायलयलाई धम्क्याएको भन्दै आपत्ति जनाइएको छ ।
यस्तै कामचलाउ हैसियतमा आफैं सरकारलाई पु¥याउने ओलीले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएर लोकतन्त्रकै हुर्मत लिएको पनि विज्ञप्तिमा उल्लेख छ । निर्वाचन गराउने भन्दै कार्यकारी हैसियत गुमाएको ओलीले जथाभावी कार्यदल गठन र मन्त्रिपरिषद पुनर्गठन गरेर संविधानको खिल्ली उडाएको पनि उल्लेख गरिएको छ ।
संवैधानिक व्यवस्था , कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमान्यतामाथि निरन्तर निरंकुश हमला भइरहेको जनाउँदै विज्ञप्तिमा आम जनता, नागरिक समाज सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग ओलीतन्त्रको विरोधमा उत्रन आह्वान गरिएको छ । ओलीको सत्ताप्रतिको आशक्ति अब लामो समय टिक्न नहुने भन्ने धारणा नागरिक समाजले समेत व्यक्त गरिरहेका छन् । जसले गर्दा ओलीविरुद्धको मोर्चाबन्दी आगामी दिन अझै सशक्त हुने देखिएको छ ।
विदेशी हस्तक्षेपको पटाक्षेप
ओलीले कुनै बेला आफूलाई महान राष्ट्रवादीको मसिहा देखाउन खोजेका थिए । खासगरी भारतको विरोध गरेर उनले सोझा नेपालीको मन तानेका थिए । तर ओली नक्कली राष्ट्रवादी हुन् भन्ने आम आरोप अहिले आफैंले प्रमाणित गरेका छन् । भारतीय संस्थापन पक्षको ढाडो हस्तक्षेपले ओलीको सत्ता टिकेको सबैले देखेका छन् ।
जसले गर्दा ओलीको राष्ट्रवादको धोती खुस्किएको सबैतिर छ्याङ्गै भएको छ । यही परिवेशलाई देशका पाँच जना पूर्व प्रधानमन्त्रीहरुले प्रष्ट गरेका छन् । हिजो जारी भएको संयुक्त विज्ञप्तिमा भारतीय हस्तक्षेपको कडा आलोचना गरिएको छ । नेपालका बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका साथ सबैलाई ध्यान आकर्षित गर्न चाहन्छौं – संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
नेपालका पाँच पाँच जना पूर्व प्रधानमन्त्रीहरुले यस्तो संवेदनशील विषयमा बनाएको साझा धारणाको राजनीतिक र कूटनीतिक क्षेत्रमा ठूलो महत्व हुने भएकाले ओलीको शासन सत्ता लामो टिक्ने आधार अब निस्तेज हुँदै गएको छ । यसका लागि नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पनि एउटा कडी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार