राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्धारा राहत वितरण जारी
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १८:९:५७
३० जेठ,काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफैं जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नारा तय गरेर राहत सङ्कलन र वितरण गरिरहेको छ ।
आम्दानीको स्रोत नभएपछि कलाकाहरुलाई प्रतिष्ठानले चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले जानकारी दिए । उनले गायक, गायिका, वाद्यवादक तथा मोडल तथा प्राविधिकलाई खाद्य सामग्री वितरण गरिएको बताए ।
प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब सात लाख बराबरको सामग्री उपलब्ध गराएका छन् । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करीब ५०० जनालाई राहत सामग्री वितरण गरेको छ । हालसम्म करीब १२ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ ।
अध्यक्ष विजीले कलाकार काठमाडौँमा रहेकाले यहाँबाट अभियान शुरुआत गरे पनि जिल्लाजिल्लामा पनि राहत वितरण कार्यलाई अघि बढाइने बताए । “सबै प्रदेश र जिल्ला कमिटीलाई राहत सङ्कलन गर्न भनेका छौँ”, उनले भने, “समस्यामा परेका देशैभरका कलाकारहरुलाई भोकै बस्न दिँदैनौँ ।” प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार