माधव नेपाल फकाउने ओली रणनीति
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २१:२८:४२
३० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली चौतर्फी घेराबन्दीमा पर्न थालेपछि बालुवाटारले आफ्नो रणनीति फेर्ने देखिएको छ । प्रतिनिधिसभा पुनर्गठन हुने चाल पाएका ओलीले अब प्रधानमन्त्री पद जोगाउन पार्टीकै माधव नेपाल पक्षको साथ लिनैपर्ने बाध्यताका कारण रणनीति फेरेको स्रोतको भनाई छ ।
ओलीका तर्फबाट अब नेपाल पक्षले चाहेका सबै माग पूरा गर्ने प्रस्ताव पठाउने तयारी रहेको बुझिएको छ । आवश्यक प¥यो भने जेठ २ , २०७५ मात्र होइन पार्टी अध्यक्ष समेत त्याग्ने मनस्थितिमा प्रधानमन्त्री पुग्नु भएको छ– स्रोत भन्छ ।
यसका लागि शीतलनिवासको सक्रियताले समेत काम गरेको छ । ओलीलाई जसरी भए पनि प्रधानमन्त्रीमा टिकाउन अब महन्थ – राजेन्द्रको मात्र साथले पुग्ने देखिएन ,त्यसैले एमालेको सग्लो भोट चाहिएकाले रणनीति फेर्न वाध्य भएको बुझिएको छ ।
प्रत्यक्ष रुपमा नभएपनि परोक्ष ढंगले अहिले नेता नेपाललाई अर्काे महाधिवेशन नभएसम्मका लागि पार्टी अध्यक्षसमेत दिन ओली तयार भएको सन्देश कोटेश्वर पुगेको छ । तर नेता नेपालले भने यो पनि ओलीको चालबाजी नै भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
ओलीको सन्देश बोकेर अर्थमन्त्री विष्णु पौडेल हिजो शनिबार कोटेश्वर पुगेको स्रोतको दाबी छ । यसबारे साथीहरुसँग सल्लाह गरेर मात्र केही बताउन सक्ने जानकारी उनले पौडेललाई गराएका छन् ।
तर ओलीले नेता नेपाल पक्षका चारजना नेताहरुमार्फत दबाब बढाइरहेका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग ओलीले नियमित सम्पर्क गरिरहेको स्रोतको दावी छ । नेता नेपाललाई मनाउने जिम्मा उनीहरुले लिएका छन् । तर नेता नेपाल र झलनाथ खनाल भने अहिल्यै ओलीलाई पत्याउने पक्षमा देखिएका छैनन् । प्रतिनिधिसभा विघटन बदर हुने बुझेर नै ओलीले यस्तो खेला खेलेको बुझाई उनीहरुको रहेको छ ।
एमालेभित्र विकसित राजनीतिक घटनाक्रमले फेरि पनि संसद ओलीकै बन्धक हुने अवस्था निर्माण नहोस् भनेर विपक्षी दलहरु भने सजग भएका छन् । ओलीको नयाँ फण्डाले एमालेमा नेपाल पक्षलाई लतार्ने हो की भन्ने चिन्ता अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको संस्थापन पक्षमा देखिएको छ ।
ओलीले सत्ताका लागि जस्तो सुकै षडयन्त्र र चाल चल्न सक्ने भन्दै त्यसका विरुद्ध सशक्त प्रतिकार गर्न आफूहरु तयार रहनुपर्ने नेताहरु सहमत देखिएका छन् । त्यसैले आवश्यक प¥यो भने विपक्षी गठबन्धनले एमाले नेता नेपालकै अध्यक्षतामा नयाँ सरकार बनाउने प्रस्ताव समेत अघि सार्न सक्ने सम्भावना औंल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार