पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ सोमबार ४:१३:१४
३० जेठ, काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताए ।
पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामग्रीमा पहुँच पुग्नुपर्नेमा जोड दिए ।
मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेसमैत्री हुनुपर्नेमा धारणा राखे । उनले लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउँदै आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेलले कोरोनाका कारण पत्रपत्रिका बन्द भएको, लोक कल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार