निर्वाचन आयोगप्रति डा. भट्टराईको कटाक्ष
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १५:४०:९
३१ जेठ, कठमाडौं । निर्वाचन आयोग जस्तो संवैधानिक निकायको भूमिका हेर्दा लाग्छ यो कुनै अमूक पार्टीको भातृ संस्था हो । आयोगका गतिविधि र कार्यशैली यस्ता छन् जो सामान्य मानिसका लागि समेत आश्चार्यचकित बनाइरहेका छन् । जनता समाजवादी पार्टीमा देखिएको कानूनी विवादको हल खोज्न आयोगले देखाएको भूमिका निष्पक्ष त छैन नै लोकलाज समेत छोप्न सकेको छैन ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको निजी सचिव जस्तो भूमिकामा आफूलाई उभ्याएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया यतिबेला सर्वाधिक आलोच्य बनेका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहको पक्षपोषण गर्नुपर्ने ओलीको वाध्यताको बोझ आफ्नो थाप्लोमा राखेको आयोगले भोलि गराउने निर्वाचन कस्तो गर्ला भन्ने संकेत पनि दिएको छ ।
जसपाको वहुमत केन्द्रीय सदस्यले ठाकुर, महतो लगायत चारजनालाई कारबाही गर्न औपचारिक निवेदन दिएको छ । उता, ठाकुर – महतो पक्षले अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही गर्न पत्राचार गरेको थियो । संसदीय दलको नेताको हस्ताक्षर गरेर । आयोगले ऐन बमोजिम ढाँचा नमिलेकाले दुरुस्त गर्न भनेपछि उपेन्द्र यादवले सोही बमोजिम मिलाएर दिए । उता, ठाकुर – महतो पक्षले भने वहुमत सदस्यको हस्ताक्षर नै गराउन नसकेकाले पटक पटक समय माग्दै थियो । हिजै मात्र बैठक बोलाउँदा वहुमत नजुटेपछि कींकर्तव्यविमूढ अवस्थामा थियो ।
तर साँझ एकाएक आयोगको विज्ञप्ति आयो– दुबै पक्षको कारबाही प्रकृया नियमसम्मत भएन , मिलेर बस्नू । जबकी उपेन्द्र पक्षले वहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित कारबाही गरेको छ । पार्टीको निर्णय विपरित ओली सरकारमा गएकाले कारबाही गरिएको औपचारिक पत्र आयोगमा पठाइएको छ । तर आयोगले त्यसको सुनुवाई नै गरेन ।
डा. भट्टराईको आक्रोश
आयोगले देखाएको भूमिकाले अब सबै काम ओलीको निर्देशनमा मात्र हुने प्रष्ट भएको छ । जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज बिहान ट्वीट गर्दै लेखेका छन्–खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र कसैले चो¥यो भने चोरी गर्नेको विरुद्ध मुद्धा हाल्नू । चोरलाई मैले चोरेको हैन भनेर उल्टै मुद्धा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू । मुद्धा हेर्ने कार्यालयले दुबै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नू भन्ने फैसला गर्नू । वाह ..
खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!
— Baburam Bhattarai (@brb1954) June 14, 2021
निष्पक्ष निर्वाचन होला ?
निर्वाचन आयोगको पछिल्लो भूमिका हेर्ने हो भने यो देशमा निष्पक्ष निर्वाचन हुने अवस्था देखिंदैन । विधि प्रकृया र पद्धति बमोजिम फैसला गर्ने निकाय कार्यकारीको लाचार छायाँ बनेपछि निष्पक्ष निर्वाचनको कल्पना गर्न सकिन्न । आयोगले यसअघि पनि यस्तै व्यबहार गरेको थियो । जतिबेला नेकपा सग्लो थियो त्यसबखत उसले देखाएको व्यवहार पनि यस्तै थियो ।
पार्टीभित्र ओली कमजोर र अल्पमतमा परेका बेला वहुमत केन्द्रीय सदस्यले ओलीमाथि गरेको कारबाही र पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आयोगले निष्पक्षता देखाएन । केवल ओलीको निजी सचिबालयको रुपमा आयोग सीमित हुन पुग्यो । त्यसैले यही संयन्त्रबाट निष्पक्ष निर्वाचन हुने कसैले पत्याउन सकिरहेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार