चीनले दियाेअफगानिस्तानलाई कोरोना विरुद्धको खोप
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार २०:५:४३
३१ जेठ, काबुल । चीनले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश अफअगानिस्तनलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा सो खोप हस्तान्तरण गरिएको बताइएको थियो ।
आइतबार आयोजना गरिएको सो समारोहमा अफगानिस्तानका स्वास्थ्यमन्त्री, त्यहाँका उच्च अधिकारीहरुका साथै अफगानिस्तानमा रहेका चिनियाँ नागरिक पनि उपस्थित रहेका बताइएको छ ।अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले सो खोप अफगानिस्तानको सरकारका स्वास्थ्य मन्त्री र प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको बताइएको छ ।
त्यस समारोहमा अफगान राष्ट्रपति घानीले चीन सरकारले अफगानिस्तानका नागरिकलाई एक महत्वपूर्ण उपहार दिएको बताए । राष्ट्रपति घानीले अफगानिस्तानलाई यस्तो संकट परेका बेलामा गरेको सहयोग सधैँ सम्झनामा राखिराख्ने बताएका थिए ।
विगतमा पनि समस्यामा परेका समयमा चीनले आफूहरुलाई धेरै सहयोग गर्दै आएको बताउँदै यसबाट अफगानिस्तान र चीनबीचमा राम्रो र सुमधुर सम्बन्ध रही आएको प्रमाणित हुने पनि बताए ।
त्यस समारोहमा चिनियाँ राजदूत युले आगामी दिनमा पनि चीनले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जानकारी दिए । उनले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि चीनले अफगानिस्तानलाई सहयोग जारी राख्ने बताएका थिए । सो समारोहमा चीनले अफगानिस्तानलाई कति मात्रामा खोप दिएको थियो भन्ने बारेमा भने उल्लेख गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार