महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार २१:४:५३
३१ जेठ, काठमाडाैं । जनता समाजवादी पार्टी ‘जसपा’ का एक अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारमा सामेल भएका अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण सोधेका छन् । गत जेठ ८ गते बसेको कार्यकारिणी समितिले गरेको निर्णयविपरीत सरकारमा सामेल भएपछि स्पष्टीकरण सोधिएको हाे ।
अध्यक्ष यादवले राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टी स्पष्टीकरण सोधका हुन् ।
यसअघि अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निष्कासन गरेका थिए भने लगत्तै अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निकालेका थिए । त्यसपछि दुवै पक्षले निर्णय अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरेका थिए । उनीहरुको निर्णय अमान्य भएको आयोगले फैसला सुनाइसकेको छ ।
प्रधानमन्त्री ओलीलाई साथ दिने कि नदिने भन्ने विषयमा नै राजनीतिक रुपमा दुई फ्याक भएका जसपाले पछिल्लो समय आपसलाई कारबाही गर्दै आइरहेको छ ।
यादवपक्षीय जसपाको अडान ओलीलाई विस्थापित गर्नुपर्ने थियो भने ठाकुर पक्षले आफ्नो माग पूरा गरे ओलीलाई नै साथ दिने बताउँदै आएको थियो । सोअनुरुप नै ठाकुरपक्षीय जसपा सरकारमा सामेल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार