मझगाउँ विमानस्थल सञ्चालन गर्न १ करोड जम्मा
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार २३:४२:३०
३१ जेठ,कञ्चनपुर । मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड रकम उपलब्ध गराएको छ । लामो समयदेखि सो विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालन र स्तरोन्नति गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार बीच भएको त्रिपक्षीय साझेदारी अनुसार नगरपालिकाले सो रकम आइतवार प्राधिरकणका बैंक खातामा जम्मा गरेको हो ।
बाँकी रकम आगामी असोज मसान्तसम्म उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिए । विमानस्थल सञ्चालका लागि भौतिक पूर्वाधार निर्माण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानिय तह बीच गत फागुन त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो ।
सम्झौतामा मन्त्रालयले ५०, सुप प्रदेशले २५ , भीमदत्तले १५ र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम ब्यहोर्ने सहमति भएको थियो । “विमानस्थलका लागि भवन निर्माण, उपकरण जडान, मर्मतसंगै एक हजार छ सय ८५ मिटर रनबे कालोपत्रे गर्ने अगाडी बढाउनका लागि सम्झौता भएको हो” भीमदत्त नगर प्रमुख सुरेन्द्र बिष्टले भने, “विमान स्थलको सुरक्षाका लागि तारवार लगाउने काम पुरा भएको छ । विमानस्थल सञ्चालनका लागि यस अघि सम्भाव्यता अध्ययनसंगै लागत अनुमान पुरा भैसकेको छ ।”
विमानस्थलको रनवे निर्माण गर्नका लागि रु ३७ करोड लाग्ने अनुमान गरिएको छ । रनवेको लम्बाई एक हजार छ सय मिटर हुने बताइएको छ । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अबस्थामा रहेको छ । विमान स्थल सञ्चालन भए पछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार