लकडाउनले वेल संकलन तथा जुस उत्पादनमा बाधा
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार १:८:५
३१ जेठ, बर्दिया । ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात् !’ यो उक्ति नेपाली समाजमा निकै प्रचलित छ । बेल पाक्दा कागलाई हर्ष होस् या बिस्मात, तर मानव जीवनमा भने बेल पाक्न थालेपछि बिस्मात होइन्, हर्षको बहार नै छाउँछ।
बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई हित मात्र पुर्याउँछ । गर्मी मौसममा यसका फाइदा त झन् व्यापक छन् । नेपालमा प्रशस्त पाइने मौसमी फल बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै फाइदाजनक हुन्छ ।
तर कोरोना संक्रमणका कारण बर्दियामा वेलको जुस उत्पादन भने घटेको छ । जिल्लाकाे खाता जैविक मार्गमा रहेका वेल जुस उद्योग कोरोना भाइरस संक्रमणसँगै लगाइएको निषेधाज्ञाका कारण उत्पादन घट्दा संकटमा परेको हाे ।
जिल्लाकाे मधुवन नगरपालिका वडा नम्बर–२ ओराली बजारमा रहेको नव दुर्गा सामुदायिक वेल उद्योगबाट विगत वर्षहरुमा ५० देखि ६० हजार ‘५ सय एमएल’ बोटल जुस उत्पादन हुने गरेको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण गत वर्षदेखि उत्पादनमा ह्रास आउनुका साथै उद्योग सञ्चालनमा समस्या थपिदै गएकाे उद्योग सञ्चालक कृष्णबहादुर परियारले नेपालबहस डटकमलाई जानकारी दिए ।
सञ्चालक परियारका अनुसार कोभिड– १९ को पहिलो चरणमा ६ हजार बोटल मात्र उत्पादन भएको थियो भने यस वर्ष करिब ८ हजार बोटल मात्र उत्पादन हुन सक्ने अनुमान गरिएकाे छ ।
२०६२ सालमा २६ वटा सामुदायिक वनको सात लाख रुपैयाँ लगानी र जैविक कोरिडोर ताल कार्यक्रमबाट ५ लाख रुपैयाँको उपकरण सहयोगबाट उद्योग स्थापना गरिएको थियो । उक्त उद्योगबाट प्रत्येक वर्ष १० देखि १७ लाखसम्मको जुस विक्री हुने गरेको परियारले बताए ।
बजारमा वेलको जुसको माग भएपनि प्राविधिक समस्याका कारण बजारको मागलाई धान्न नसकिरहेको अवस्थामा कोरोना भाइरस संक्रमण, निषेधाज्ञा तथा लकडाउनले उद्योग धरासयी हुदैँ गएको उनी बताउँछन् । यसरी उत्पादन गरिएको वेलको जुस बर्दिया, बाँके, कैलाली र काठमाडाैं लगायत क्षेत्रमा विक्रीवितरण गरिदैँ आएको छ ।
डेढ महिनादेखि लागू गरिएको निषेधाज्ञाको कारणले वेल टिप्नका लागी उपभोक्ताहरु जंगल जाने ओसार–पसार गर्ने काम बन्द भएको छ । गत वर्ष निकै कम मात्र वेल संकलन भएको थियो । भने यस वर्ष पनि जम्मा १ सय क्वीन्टल वेलमात्र संकलन गरिएकाले करिब ८ हजार बोटलसम्म उत्पादन गर्न सकिने उनले बताए ।
तेसाे त मधुवन नगरपालिकामा रहेको वेल उद्योग बर्दियाकै चिनारीको रुपमा रहेको छ । उद्योगको स्तर बृद्धि र व्यवस्थापनका लागी स्थानीय तथा प्रदेश सरकारले चासो राखेर प्राविधिक तथा आर्थिक सहयोग गरेमा बर्दिया जिल्लाको चिनारीको रुपमा परिचित बेल उद्योगलाई अझ व्यवस्थित र दिगो बनाउन सक्ने उद्योगका सञ्चालक कृष्णबहादुरले नेपालबहस डटकमलाई बताए ।
प्राकृतिक रुपले सामुदायिक वनमा उत्पादित वेललाई टिपेर प्रशोधन गरी उत्पादन गरिएको बेलको जुस आयुर्वेदिक चिकित्सा पद्धतिका अनुसार पेट रोगीका लागी अत्यन्त राम्रो मानिन्छ । उक्त जुसका पारखीहरु जुसको सेवनले स्वास्थ्यलाई धेरै फाइदा दिने गर्छ ।
विशेष गरी पखाला लागेको समयमा र शितलताको लागि यो जुसको सेवन निकै फाइदाजनक मानिन्छ । वेल टिपेर संकलन गर्ने कार्य चैत्र र बैशाख महिनामा हुने भएकाले त्यही समयमा लकडाउन हुँदा वेल संकलन तथा जुस उत्पादनमा बाधा परेको हो ।
यति मात्र नभई बेलमा रेचक ‘ल्याक्जेटिभ’ गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ । फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ ।
बेलमा धेरै प्रकारका पोषक तत्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश ‘डिटक्सिफाई’ गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ । बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ। पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रदान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ।
बेलको महत्व हिन्दु धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको पाइन्छ। शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ। शिवरात्रिको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार