निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार २:४:२४
३१ जेठ, काठमाडाैं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोग गर्ने भएकी छन् । आइतबार निशालाई भेट्न अस्पताल पुगेकी अभिनेत्री आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् ।
आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलको भनाइ छ ।
तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत जाने क्रममा सवारी दुर्घटनामा परी ब्रेन इञ्जुरी भएकी निशाको गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्धार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् ।
निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१ हजार प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटंक बुढाथोकीले 'मनबिनाको धन ठूलो कि धनबिनाको मन' फिल्म बनाउँदै
बैशाख ६, २०८१ बिहिबार
फिल्म 'ह्रस्व दीर्घ'मा हरिहरको लुक्स सार्वजनिक
बैशाख ५, २०८१ बुधबार
फिल्म होस्टेलको तेस्रो सिरिज घोषणा, कलाकारहरु छनोट हुन बाँकी
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
ग्राहकको प्रतीक्षामा बसेका उद्यमी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार