Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

तपाईको असार महिनाको राशीफल कस्तो छ ?

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०६:०५


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मेष राशि भएका व्यक्तिहरुका लागी मुद्धा हुनेछ । जिवनशैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रम काम गर्नेहरुका लागी समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पती संग्रह गर्नेछन् । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिने छ भने, अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिने छ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिने छ । अन्धविश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । मायाप्रेमका सम्वन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्नेछ । तरपनि तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले टाउँको,आँखा तथा पेट तथा छात्ति सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । आउने अवसरहरुलाई क्याच गर्न नसस्दा उपलव्धी हातबाट फुत्किने छ । धन सम्पती हराउने,लुटिने तथा स्थाई सम्पतीमा विवाद हुन सक्छ ध्यान दिनुहोला । तरपनि बुध,शुक्र र मंगल ग्रहको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलव्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्याधिस,अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारीसाधनको कारोबार फस्टाएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । राज्य भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले निर्माण सामाग्री, मेडिकलका सामान खाद्यान्न जस्ता क्षेत्रमा गरिएको लगानीबाट भारि आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :-  मिथुन राशि भएका व्यक्तिहरुका लागी पेट सम्वन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप,टाउँको दुखाई,आँखा,श्वासप्रश्वास तथा मौषमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुनसक्छ ध्यान दिनुहोला । महिनाभरी नै शनिको अढैयाको प्रभाव रहने हुनाले भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि बुध र शुक्रको अनुकुल प्रभावले पराराष्ट्र तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिने छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । मायाप्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- समय मिश्रित रहेकोले आँखा,हड्डी तथा मुटु तथा श्वासप्रश्वास सम्वन्धी पुराना बिरामी हरुले ख्याल गर्नुहोला । आफन्त,घर परिवार तथा साथिभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बडे फाईदा हुने देखिन्छ । खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी कठिनाई तथा असजिलो परिस्थितीको सामना गर्नु पर्ने योग रहेकोछ । तरपनि बुध,शुक्रको अनुकुल प्रभावले विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समग लगानी गर्नेहरुका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिनेछन् । बंश वृद्धिको गतिलो योग रहेको छ । विलाशी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :-  बिद्यार्थी वर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउँने समय रहेको छ । लामो समयदेखि थाती रहेका काम तथा मुद्धाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रसस्त धन तथा सम्पती कमाउन सकिने छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ठ भोजन गर्ने अवसर जुर्नेछ । पैत्रिक धन तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । बिपरित लिङग तथा साथी संगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् । धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको प्रभावले निर्माण सामाग्र,औषधी तथा खाद्यान्न सम्बन्धी समानको व्यापारमा बृद्धि भए पनि अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :-  राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहने छ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा बिद्यार्थी बर्गहरुले आफ्नो प्रतिस्पर्धी हरुलाई हराउन अली वढी मिहेनत गर्नुपर्नेछ । मायाप्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । प्रशासनीक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुस्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् । बुध,शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतीका पाईला अगाडी बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । गितकार,संगितकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी राज्यबाट पद प्राप्तीको योग रहेकोछ । नोकरीमा मान सम्मान पाईने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिने छ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला श्वासप्रश्वास, छात्ति तथा मुटुमा समस्या देखिन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थाई सम्पतीमा विवाद आउने योग रहेको छ भने दिदिबहिनी तथा आफन्तसँग अनाबस्यक विवाद हुन सक्छ । आँखा,हड्डी,मुटु , श्वासप्रश्वास तथा छात्ति सम्बन्धी र मेरुदण्ड सम्वन्धी रोगबाट पिढित भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ । राजनीति तथा समाजसेवामा तपाईको उपश्थिती कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध,शुक्र,शनि तथा अरु ग्रहको अनुकुल प्रभावले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । निर्माण सामाग्री तथा अटोपार्टस सम्बन्धी कामबाट केही मात्रामा लाभ लिन सकिनेछ । मेहनेत गर्दा पढाईलेखाईमा उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । पत्रकार,उद्योगी व्यापारी,खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथिसँग राय बाजिनेछ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीबाट आम्दानी हुनेछैन । राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । महिनाभरिनै शनिको अन्त्य साढेसातीको प्रभाव पर्ने हुँदा बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव पढाईलेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिने छ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलव्धी हात पर्नेछन् । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । राजनीति,व्यापारी,पत्रकार,विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । थोरै स्रोतसाधनको प्रयोगबाट असिमित आवश्यकता पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मकर राशि भएकाहरुका लागी यो महिना उत्तम रहेकोछ । छैटौ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदातल तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेको छ । पढाईलेखाईमा अरुलाई पछाडी छोड्दै तपाईको नाम अग्र स्थानमा आउने छ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यवसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिने छ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरु बढाउन सकिने छ । राजनीतिकर्मी,समाजसेवी,पत्रकार,खेलाडी,बिद्यार्थी तथा मेडीकल क्षेत्रसँग सम्वन्धीत व्यक्तिहरुका लागी समय उत्तम रहेको छ । तरपनि महिनाभरिनै शनिको मध्य साढेसातीको प्रभाव पर्ने हुँदा बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-  खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाईलेखाईमा अरुभन्दा पछी परिनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यत्तित्वसँग सैद्धान्तिक राय बाजिने छ । शनिको आध्यसाढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्वन्धी पुराना बिरामीहरुले बिषेश ध्यान दिनु जरुरी छ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तापनि बुध,शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तीको गतिलो योग बनेको छ । लेखन,कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समयले साथ दिनेछ । भूमि तथा पैत्रिक धन प्रयोग गरी मनग्गे धन सम्पती कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- शुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको व्यापारीहरुका लागी समय मध्यम रहेको छ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । छाती सम्वन्धी तथा श्वास प्रश्वास र मुटु सम्वन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल रहने हुनाले राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पती जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तपाईको महिना दिन शुभ रहोस् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?