Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार
कर्णाली प्रदेश

नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०७:५८


खलङ्गा बजार : दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै उपभोक्ता

१ असार, जाजरकोट । जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ । एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए

दुई टर्वाइनमध्ये लामो समयसम्म एउटामा खराबी आएपछि एउटा मात्र सञ्चालन हुँदा सदरमुकामभरि विद्युत् आपूर्ति गर्न सकिएको छैन । अहिले नहरमा बालुवा भरिएपछि एक मात्र टर्वाइनसमेत बन्द गर्नुपरेको हो । टर्वाइन थप्नका लागि नेपाल विद्युत् प्राधिकरणमा माग गरे पनि फाइल अड्किएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै स्वास्थ्य सेवा कार्यालय र अन्य ठाउँमा समस्या उत्पन्न भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयले ४० केभिएको जेनेरेटर खरिद गर्ने प्रक्रियामा रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले जानकारी दिए । केन्द्रीय प्रसारण लाइन नपुगेको डोल्पामा यही जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युतबाट काम हुँदै आएको छ । दुई सय किलोवाट क्षमताको यो आयोजनाबाट यहाँका एक हजार २५० घरधुरीले सेवा लिने गरेका छन् ।

दुई वर्षअघि यही विद्युत् छ महिना अवरुद्ध भएको थियो । विद्युतको नहरमा सुक्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो । नेपाल विद्युत् प्राधिकरणको रु ५५ लाख लागतमा भत्केको नहर मर्मत गरी पुनः विद्युत् आपूर्ति गरिएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?