Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०८:०२


१ असार, चितवन । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् ।

कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उनले जानकारी दिए । उनका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्धाका १२ र चोरी मुद्धाका सात जना रहेका छन् । यस्तै खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कागाजात किर्ते र कर्तव्य ज्यानका दुई÷दुई, जिउ मास्ने बेच्ने एक तथा गैँडा तस्कर एक जना रहेका छन् ।

यस्तै नवलपुर जिल्ला अदालतबाट आएकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्धाका रहेका छन् । लागूऔषध मुद्धामा चार, जबर्जस्तीकरणीमा तीन, सवारी ज्यानमा दुई र बहुविवाहका दुई जना रहेका छन् । काफ्लेका अनुसार बैंकिङ कसुर, भ्रष्टाचार र डाँका मुद्धाका एक÷एक जना रहेका छन् ।

मकवानपुरबाट लागूऔषध मुद्धाका एक जनालाई कारागार कार्यालय चितवन पठाइएको छ । सोही समयावधिमा कार्यालयबाट ६२ जना छुटेका छन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आम माफी पाएका १६ र अन्य कैद भुक्तान गरेर र अदालतबाट मुद्ध फैसला भएर छुटेका हुन् ।

यस समयमा कारागार आएका कैदीबन्दीलाई कारागारभित्रै १५ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनका लागि भित्र छुट्टै कोठाको व्यवस्था गरिएको उनले बताए । अहिले कारागार कार्यालय चितवनमा ६७५ कैदीबन्दी रहेका छन् । पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५२ र २५५ जना क्षमताको पुरुष बन्दीगृहमा ६२३ कैदीबन्दी रहेका छन् । कारागारमा तीन आश्रित बालिका रहेका छन् ।

निषेधाज्ञामा १५ मुद्धाा फैसला

निषेधाज्ञाको समयमा चितवन जिल्ला अदालतले १५ वटा मुद्धाको फैसला गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा भएका ६६ वटा मुद्धाको थुनछेकका क्रममा सो सङ्ख्यामा फैसला भएको हो ।

अदालतको तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार अदालतले अभियोगका साथ पेश भएका सरकारवादी फौजदारी मुद्दा मात्रै हेरेको थियो । उनका अनुसार सो समयमा ८४ वटा मुद्धनमा थुनछेक आदेश भएको छ भने एउटा मुद्दा प्रक्रियाकै क्रममा रहेको छ । थुनछेक आदेश हुनेमा एउटा बन्दीप्रत्यक्षीकरणको रिटसमेत रहेको उनले बताए । बन्दी प्रत्यक्षीकरणको मुद्दासहित १५ वटा मुद्धाको फैसला भएको हो ।

निषेधाज्ञाका कारण सेवाग्राहीहरु अदालतसम्म आउन कठिन भएकाले अन्य मुद्दा दर्ता हुन नसकेको उनको भनाइ छ । स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञा जारी राखेको छ । सो समयमा जिल्लामा अधिकांश लागूऔषधका मुद्दा दर्ता भएको उनले जानकारी दिए। लागूऔषधका २१ मुद्धामा ३९ जना, सवारी ज्यानका १६ मुद्धामा १६ जना, जबर्जस्तीकरणीका चार मुद्धामा चार जना र दुई करणी उद्योगका मुद्धामा २ जना रहेका छन् । यस अवधिमा प्रहरीले विभिन्न मुद्धामा गरी ९७ जना प्रतिवादीलाई पक्राउ गरी अदालत पेश गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?