Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
गण्डकी प्रदेश

मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०८:३९


१ असार, पोखरा । राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई कारबाही गर्न माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा मन्त्री मनाङेले अशोभनीय तथा लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको हो।

‘गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङज्यूबाट अभिव्यक्त भएको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको छ,’ राखेप कार्यवाहक सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले निकालेको विज्ञप्तिमा भनिएको छ ।

समाजले पचाउन नसक्ने खालक अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीबाट बाहिर आउनु आफैमा खेदजनक रहेको विज्ञप्तिमा जनाईएको छ ।

‘माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेशको पूर्व खेलकुद मन्त्री समेत रहेका मनाङेले भौतिक पूर्वाधार मन्त्री नियुक्त भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

मन्त्रीको शपथ लिएलगत्तै मनाङेले सञ्चारमाध्यमहरूलाई दिएको एन अन्तर्वार्तामा राखेप सदस्य सचिव सिलवाल पोखरा आउँदा बोर्ड सदस्य गुरुङले रक्सी र युवतीको बन्दोबस्त गर्ने गरेको आरोप लगाएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?