Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

१९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०८:३८


१ असार, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ विक्री गर्न जेठ ३० गते अनुमति दिएको हो ।

कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणमा ६७ दशमलव ५० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू। ४१ करोड ६ लाख ७० हजार रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले  ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम  १ अर्ब १८ करोड ३९ लाख १० हजार छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?