आज वाग्मतीसहित पाँच प्रदेशमा ठूलो पानी पर्ने
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १५:४५:२२
१ असार, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने महाशखाले जनाएको हो ।
मौसमी बुलेटिनका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ । देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने छ । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने बताइएको छ ।
अहिले प्रदेश-२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । अहिले प्रदेश-१ का केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । लगातार पानी पर्दा बाढी पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रोकथामका लागि ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी र प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ ।
जनशक्ति आकलन, खोज, उद्धार गर्न अवश्यक सामग्रीको जोहो तथा यस्ता सामग्री अपुग भए माग गर्न पनि प्राधिकरणले भनेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार १ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
२०७८ असार २ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।
२०७८ असार ३ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश न.१ र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार