Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
राजनीति

निलम्बित एमाले सांसदहरु प्रदेशसभाको बैठकमा भाग लिने !

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार १०:१४


१ असार, काठमाडौं ।  नेकपा एमाले सूदुरपश्चिमा प्रदेश संसदीय दलको निलम्बन परेका ७ सांसदहरुले आजको प्रदेशसभा बैठकमा आफुहरुले उपस्थित हुने बताएका छन् । पार्टी ह्वीप उल्लंघनको आरोपमा हिजो निलम्वनमा परेका सांसदहरु आफुमाथिको कारवाही गैर कानूनी भन्दै आजको प्रदेशसभा बैठकमा भाग लिन जाने बताएका हुन ।

प्रदेशसभा संसदीय दलको बैठकले हिजो प्रधामन्त्री केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बु बोहरालाई निलम्वन  गरेको थियो।

उनिहरुलाई एकसाता देखि १५ दिन सम्म निलम्वन गरिएको छ । जस अनुसार रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मी लाई १० दिन र अन्यलाई ७ दिनका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ।

संसदीय दलले जारी गरेको ह्विप पटक पटक उल्लङ्घन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो।

प्रदेश सभामा आज प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८।०७९ को बजेट पेश गर्दै छ ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?