बादलसँगको आक्रोश
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १६:१८:४०
१ असार, काठमाडौं । माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका प्रभावशाली भनिएका नेताहरु अहिले बिचल्लीमा परेका छन् । प्रधानमन्त्री केपी ओली पार्टी भित्र र बाहिर चर्काे घेराबन्दीमा परेकाले ती नेताहरुको व्यवस्थापन फितलो भएको निश्कर्ष उनीहरुको छ । साथै, पूर्व माओवादीका तर्फबाट ओलीले रामबहादुर थापा ‘बादल’लाई मात्रै रेस्पोन्स गरेको बुझाई उनीहरुको रहेको छ ।
यस्तो निश्कर्ष निकाल्नेमा ओली मन्त्रिपरिषदमा रहेका तत्कालीन माओवादी नेताहरु रहेका छन् । जसमा टोपबहादुर रायमाझी , प्रभु साह, मणिचन्द्र थापा, दावा लामा , लेखराज भट्ट लगायत रहेका छन् । पछिल्लो पटक मन्त्रिमण्डल पुनर्गठन हुँदा आफूहरु दोहाेरिने विश्वास ती नेताको थियो । त्यसैले मन्त्रीबाट मुक्त भएको लगभग एक महिनासम्म उनीहरु मन्त्री निवासबाट बाहिरिएका छैनन् ।
तर अस्ती मात्रै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिंदा पूर्व माओवादी पक्षलाई समेट्ने भन्दा बादल खुशी पार्ने रणनीति लिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । ओलीले बादलपत्नी नैनकला थापा र बाराकी ज्वालाकुमारी साहलाई पूर्व माओवादीका तर्फबाट मन्त्री बनाएका छन् । उक्त निर्णय लिंदा प्रधानमन्त्री ओलीले आफूहरुसँग एक वचन नसोधेको गुनासो उनीहरुको रहेको छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिंदा बादलले आफ्नै श्रीमतीलाई सिफारिश गरेकामा पनि उनीहरुको असन्तुष्टी रहेको छ । नेता रायमाझी निवासमा अस्ती राति भएको भेलामा नेताहरुले यस्तो असन्तुष्टी प्रकट गरेको स्रोतले जनाएको छ । उक्त भेलामा नेता भट्ट भने सहभागी नरहेको स्रोतले बतायो । सहभागीहरुले बादलमार्फत आफूहरु एमाले प्रवेश नगरेकाले प्रधानमन्त्रीसँग यसबारे छलफल गर्ने निश्कर्ष निकालेका छन् ।
बादल नै हाम्रो समूहको नेता भन्ने ढंगले व्यवहार गरियो , तर त्यस्तो होइन, हामी अलग पहिचान र मुद्धाका साथ ओलीलाई सहयोग गर्न तयार भएको हो– भेलामा नेता मणि थापाको भनाई उधृत गर्दै स्रोतले बतायो । बादलले आफ्नै श्रीमती मन्त्री बनाएकोमा धेरै नेता र कार्यकर्तामा निराशा र आक्रोश थपिएको पनि उनीहरुले चर्चा गरेका थिए ।
अब आफूहरु अलग ढंगले कृयाशील हुने भन्दै बादल भन्दा अरुलाई नै नेताका रुपमा अगाडि सार्ने भएका छन् । तर बाहिर हल्ला चलाइए जस्तो माओवादीमा फर्कन भने कोही पनि तयार नरहेको उनीहरुले प्रष्ट पारे । पूर्व माओवादी पक्षको यस्तो गुनासो आएपछि प्रधानमन्त्री ओली थप दबाबमा परेका छन् ।
सर्वाेच्च अदालतले गरेको पछिल्लो फैसला कार्यान्वयन गर्दा माओवादी नेताहरुलाई दिइएको जिम्मेवारी कार्यान्वयन नहुने भएको छ । ओलीले एमाले केन्द्रीय कमिटीलाई दशाैं महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेका थिए । तर सर्वाेच्च अदालतले उक्त निर्णय अवैधानिक ठहर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार