कांग्रेस महाधिवेशन कागजी मात्रै ?
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १६:२३:९
१ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्व निर्धारित महाधिवेशन कार्यतालिका भदौको तेस्रो साताका लागि धकेलेपनि कोरोना महामारीका कारण सहज देखिएको छैन । यो स्थितिमा कसरी जाने भन्ने विषय कांग्रेसजनका लागि जटिल बन्दैछ ।
तर शीर्ष नेताहरु भने भागशान्ति जय नेपाल गरेर कागजी महाधिवेशन गर्न भित्री रुपमा सहमत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भित्री रुपमा यस्तो साँठगाँठ भएको कतिपयले बताउन थालेका छन् ।
कोरोना महामारी नसकिउञ्जेलका लागि अहिलेकै पदाधिकारी र नयाँ विधान अनुरुप केही थप गरेर कागजी रुपमा महाधिवेशन गरेको दस्ताबेज निर्वाचन आयोगमा बुझाउने सहमति भएको बताइएको छ ।
यसबारे गत साता पौडेल पक्षीय नेताहरुको भर्चुअल बैठक हुँदा नेता डा.शेखर कोइरालाले प्रश्न उठाएका थिए । उनले देउवा र पौडेलले कागजी महाधिवेशन भएको रेकर्ड तयार गर्न सहमति जनाएको भन्ने सुनेका भन्दै जानकारी मागेका थिए । तर वरिष्ठ नेता पौडेलले यसबारे केही बोलेनन् ।
डा. शेखरले उठाएको सो विषयमा अरु नेता कार्यकर्ताले समेत प्रश्न गर्न थालेका छन् । त्यसैले यसबारे थप छलफल गर्न भन्दै आज पौडेल पक्षीय नेताहरु पूर्व महामन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा अहिले भेला भएका छन् ।
संविधान बमोजिम भदौ तेस्रो साता भित्र चौधौं महाधिवेशन नगरे पार्टीको अस्तित्व नै संकटमा पर्ने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अनामनगर मैतिदेवी क्षेत्रमा ५ बजेसम्म विद्युत अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार