महामारीमा खुमा फाउण्डेसन बिपन्न वर्गको सहारा बन्दै
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १६:४६:४३
१ असार, स्याङ्जा । कोरोना संक्रमणले देश आक्रान्त अवस्थामा रहेको छ । संक्रमणलाई न्युनिकरण गर्न नेपाल सरकार र स्थानीय सरकारले गरेको निषेधाज्ञाको डेढ महिना पुगेको छ । यो स्वास्थ्य संकटका बेला सामाजिक संघसंस्था र विपद्मा सहयोग गर्ने मनकारीहरु सबै स्वास्थ्य सामाग्री वितरणमा व्यस्त रहेका छन् ।
यो समयमा विपन्न वर्ग र दैनिक मजदुरी गरेर खाने वर्गको कसैले खासै चासो दिएको पाईदैन । तर समाजको शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद लगायतमा आर्थिक, भौतिक र सामाजिक सेवा गर्दै आएको खुमा अर्याल फाउण्डेसन भने यो विपद्मा छु रचनात्मक काम गरेको छ । दैनिक मजदुरी गरेर खाने वर्गका लागि यो निषेधाज्ञाले खाद्यन्नको अभाव भएको खबर पाएपछि त्यस्ता बस्तीमा पुगेर खाद्यन्न वितरण गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको माझी बस्तीमा फाउण्डेसनले खाद्यन्न सामाग्री वितरण गरेको हो । जिल्लामा संक्रमितको संख्या बढ्दै जादा प्रशासनले निषेधाज्ञा थप गर्दै जादा दैनिक मजदुरी गरेर खाने वर्ग निकै खाद्यन्नको चपेटामा परेको खबर पाएपछि हामीले एक महिना पुग्ने चामल, नुन, तेल लगायत खाद्यन्न सामाग्री सहयोग गरेको फाउण्डेसनका संरक्षक डाक्टर लुना अर्यालले बताइन् ।
जिल्लाको समग्र विकासमा फाउण्डेसनको सहयोग रहने बताउदै डा.अर्यालले पहिलो कोभिड र दोस्रो कोभिड संक्रमणमा हरेक स्वास्थ्य चौकी देखि अस्पतालमा कोभिड उपयोगी स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको बताइन् । कमाउने मात्रै ठुलो कुरा नभएको भन्दै उनले दिनदुखीको सहयोगमा साथ दिनु नै सामाजिक उत्तरदायीत्व हो भन्ने फाउण्डेसनको उदेश्य रहेको डा.अर्यालको भनाई छ ।
बेसाहारका लागि सहारा भन्ने उदेश्य रहेको उल्लेख गर्दै डा.अर्यालले स्वास्थ्य उपचारमा कठिनाई भएमा पनि सहयोग गर्ने प्रतिवद्धता गरिन् । फाउन्डेसनको सहयोगमा १५ घरका माझी समुदायलाइ खाद्यन्न सामाग्री वितरण गरिएको वालिङ नगरपालिकाका नगर प्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्लेले बताए ।
फाउण्डेसनले माझी समुदायलाई खाद्यन्न सहयोग गरी उनीहरुको दैनिकीमा खाद्यन्नको अभाव हुन नदिने गरी गरेको सहयोगमा आभार व्यक्त गरे । वालिङ जेसिजका वर्ष २०२१ का अध्यक्ष विस्वास लम्साल नेविसंघ नेता युधिष्टिर गैह्र खहरे युवा क्लवका अध्यक्ष अमृत परियार(बोधी) लगाएतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
फाउण्डेसनले जिल्लाका ११ ओटै पालिकामा त्यस्ता बस्तीको खोजी गरि खाद्यन्नको अभाव हुन नदिने गरी अगाडी बढेको जनाएको छ । अत्यन्तै विपन्न वर्ग र दैनिक मजदुरी गर्ने वर्गलाइ जुनसुकै सहयोग गर्न तयार रहेको फाउण्डेसनका अध्यक्ष कमल ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार