Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

डोटीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार १२:३५


१ असार,डोटी । जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् । संक्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । जिल्लाका ग्रामीण भेगमा सङ्क्रमणका बिरामी बढी रहेको बताइएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा संक्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ । यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना संक्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए । उनले भने, “यहाँका शहर बजारमा भएका कोरोना संक्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना संक्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।”

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?