चालक र सहचालकलाई भोलिदेखि कोरोना खोप लगाइने
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार २३:५९:४०
१ असार,काठमाडौं । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच आज भएको छलफलपछि भोलिदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो ।
निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको निगमले जनाएको छ । चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटस्थित डिपोबाट आजदेखि नै डिपो अपरेशनको कार्य शुरु भएको छ ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले थानकोट र अमलेखगन्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजैदेखि फिर्ता भएको छ ।
सरकारले सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत निगमको १ नं प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी, भैरहवा, नेपालगन्ज, चारआलीमा ट्रक तथा ट्याङ्कर चालक, सहचालकलाई खोप लगाउने काम सम्पन्न भइसकेको छ ।
निगमको जनकपुर, पोखरा तथा अमलेखगन्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ । एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदूरलाई क्रमिक रुपमा खोप लगाइँदै जाने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार