६ वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
असार १, २०७८ बुधबार ०:३४:५६
१ असार, काठमाडौं । मंगलबार शेयरबजारमा ११ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ६ वाणिज्य बैंकसहित ११ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
कुमारी बैंक, सिभिल बैंक, सेन्चुरी, मेगा, माछापुच्छ्रे बैंक, नेपाल बैंक र सिभिल बैंकसहित ११ कम्पनीको शेयरमा उच्च खरिद माग रहेको छ ।
त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, खानीखोला हाइड्रो, सीइबीडी हाइड्रो, युनियन हाइड्रो, हाइड्रो इलेक्टिसीटी र युनियन हाइड्रोको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
यस दिन सबैभन्दा खानीखोला हाइड्रोको शेयरमा खरिद माग आएको छ ।
खानीखोला हाइड्रो कम्पनी
खानीखोला हाइड्रो कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ४ लाख ६१ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ४ लाख ६१ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश २ कित्ताको रहेको छ ।
यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८२ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३०२ रुपैयाँ पुगेको छ ।
कुमारी बैंक
कुमारी बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ४५ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख ४५ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ३ लाख ६९ हजार कित्ताको रहेको छ । यस दिन बैंकको शेयर खरिद गर्नेको तुलनामा बिक्रीकर्ता धेरै देखिएका छन् ।
यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ०.२५ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३९५ रुपैयाँ पुगेको छ ।
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट
हाइड्रोइलेक्ट्रीसीटीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख ४८ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख ४८ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख ५२ हजार कित्ता रहेको छ ।
यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ५ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य २४ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ६ सय बढि हुनु पर्नेमा नेप्सेको साइटमा ४३८ रुपैयाँ पुगेको देखाएको छ ।
सीइबीडी हाइड्रापावर
सीइबीडी हाइड्रापावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख २४ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख २४ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ । सीइबीडी हाइड्रोको हालै आईपीओ सूचीकृत भएको हो ।
आईपीओ सूचीकृत पश्चात बुधबारदेखि नेप्सेमा कम्पनीको कारोबार सुरु भएको हो । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ६० रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ६६७ रुपैयाँ पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख २४ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख २४ हजार कित्ता शेयर खरिद माग आउदा १ लाख ८९ हजार कित्ता बिक्री आदेश रहेको छ ।
यस दिन कम्पनीको शेयरमा खरिद माग तुलनामा बिक्रीकर्ता धेरै हुँदा शेयरमूल्य घटेको छ । यस दिन बैंकको शेयरमूल्य २ प्रतिशतले घटेको हो । यस दिन बैंकको शेयरमूल्य ११ रुपैयाँले घटेर प्रतिकित्ता शेयरमूल्य ५ सय ३९ रुपैयाँ पुगेको छ ।
त्यस्तै यस दिन सिभिल बैंकशेयरमा १ लाख ४२ हजार कित्ता, सेन्चुरी बैंकको शेयरमा १ लाख ५८ हजार, मेगा बैंकको शेयरमा २ लाख १५ हजार, माछापुच्छ्रे बैंकको शेयरमा २ लाख १६ हजार बित्ता शेयर खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार