निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
असार १, २०७८ बुधबार ३:१२:८
१ असार, काठमाडौं । केही दिन यता निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले अहिले नौ सडक पूरै अवरुद्ध छ भने तीन सडक एकातर्फबाट मात्रै सुचारु रहेको छ ।
पूर्व–पश्चिम राजमार्गको गैडाकोट, धुस्सी सडक आज अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा जिल्लामा गौडेपुल, धुम्सी सडक र साँफेबगर–मार्तडी–कोल्टी सडक बार्जुगाड र बल्दे–अम्कोट सडक सोमबारदेखि अवरुद्ध भएको छ । त्यस्तै, डुम्रे–बेशीसहर–चामे सडक तिमाङ छहरामा गत १६ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन ।
तानसेन–रिडि कोरला सडक पनि आज नै अवरुद्ध भएको छ । कणार्ली राजमार्गको कालाखाला सैन र दरबारे बोटखाला सडक खण्ड आज अवरुद्ध भएको छ । खोड्पे–चैनपुर सडक दोल्यामोड, कचाली पनि आज अवरुद्ध बनेको छ ।
डिभिजन सडक कार्यालयहरुले विभिन्न सडक खण्डमा सडक पूरै वा आंशिक रुपमा सुचारु गरिरहेको सडक विभागले जनाएको छ । कालीकोट जिल्लाको बालीघाट, धनाडा, भिग्म सडक, दैलेखको बाङ्गेसिमल, कालाखाला सडकखण्ड र सिद्धार्थ राजमार्गको सिपपलडाँडामा एकातर्फबाट सडक खुलाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमनसुनको समयमा फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
चैत ४, २०८० आइतबार
रसुवामा ४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का
चैत ४, २०८० आइतबार
नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री
फागुन ४, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार