Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोना खोप व्यवस्था गर्न माग

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार २१:४१


१ असार, काठमाडौं । स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जस्तोसुकै विषम परिस्थितिमा पनि काउन्सिल पत्रकारको साथमै रहने प्रतिबद्धता व्यक्त गरे । उनले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गर्ने जानकारी दिए ।

पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्ने जनाउँदै अध्यक्ष बस्नेतले लोककल्याणकारी विज्ञापनको रोकिएको रकम निकासाको लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।

काउन्सिलका सदस्य हरिप्रसाद जोशीले काउन्सिलबाट प्रदेशभरका पत्रकारको अवस्था र पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?