Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

विभिन्न खोपमा बालबालिकाको पहुँच पु¥याउन माग

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार २१:४६


१ असार, काठमाडौं । कोरोना महामारीका समयमा समेत सरकारले सुनिश्चित गरेका १३ प्रकारका खोपमा बालबालिकाको पहुँच पु¥याउनुपर्ने माग गरिएको छ ।

बाल बचाउका लागि राष्ट्रिय पहल ‘निक्स’ नेपालले सबै अस्पतालमा बालबालिकालाई २० प्रतिशत श्ययाको व्यवस्था गर्न गरेको निर्णयको प्रभावकारी कार्यान्वयनको अवस्थाको अनुगमन गर्न र सबै श्ययाहरु बालमैत्री बनाउन एवं बालरोग विशेषज्ञ चिकित्सकलाई बालरोग उपचारमा संलग्न गराउन पनि सरकारसँग आग्रह गरेको छ ।

९निक्स० नेपालले आज विज्ञप्ति जारी गरी बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकारको सुनिश्चितताका लागि आमाको समेत विशेष सुरक्षामा थप ध्यान दिन, बालमैत्री र सुरक्षित खोप केन्द«को लागि विशेष अनुगमन तथा कार्यान्वयन गर्न गराउन पनि अपिल गरेको छ ।

कोभिडविरुद्धको खोपका लागि आवश्यक अध्ययन अनुसन्धान एवं अन्यत्रका अभ्यासलाई समेत ध्यान दिई विशेष प्राथमिकता दिन र बालबालिकाको जीवन र सर्वोतम् हितको अधिकार सुनिश्चितताका लागि क्रियाशिल सबै एकताबद्ध हुनुपर्ने ‘निक्स’ नेपालको भनाइ छ ।

बालअधिकार महासन्धि १९८९ को धारा २४ मा बालबालिकाको उच्चतम् स्वास्थ्य सम्बन्धी व्यवस्था र संविधानको धारा ३९ को ‘२’ मा स्वास्थ्य हकको व्यवस्था गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?