नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १५:५६:५
२ असार,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु गरिएको छ । पन्ध्र शय्याको नगर अस्पतालको आधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड बजेट विनियोजन गरेपछि निर्माण शुरु गरिएको हो ।
सरकारले विनियोजन गरेको रकममध्ये रु एक करोड बजेट निकासा भएलगत्तै नगर अस्पताल निर्माणको काम अगाडि बढेको नगरप्रमुख छत्रराज पौडेलले बताए । आधुनिक सेवा सुविधासहितको नगर अस्पताल भवनको प्रारम्भिक चरणको निर्माण शुरु भएको भन्दै उनले भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जानकारी दिए । आकस्मिक कक्ष निर्माणसँगै नगर अस्पतालले गत वर्षको फागुन २७ गतेदेखि सेवा प्रदान गर्दै आएको थियो ।
अस्पतालमा दुई मेडिकल अधिकृत (एमबिबीएस चिकित्सक) सहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाएपछि सबै दरबन्दीसहित अहिले उपलब्ध हुन नसकेका सेवासमेत प्रदान गर्न सकिने नगरप्रमुख पौडेलले बताए । अस्पतालबाट हाल आकस्मिक सेवासहित प्रसूति सेवा, ड्रेसिङ सेवा तथा प्राथमिक उपचार सेवा प्रदान गरिँदै आएको छ ।
गैँडाकोट नगर अस्पताल विकास समितिका अध्यक्ष एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले निर्माण शुरु गरिएको नयाँ भवनमा जेनेरेटर जडान, सेवा सहजताका लागि छुट्टाछुट्टै कक्ष तथा खानेपानीको सहज व्यवस्थापन हुने जानकारी दिए । अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी तालिकालाई व्यवस्थित पार्ने, पुराना फाइल हटाउने, वरपर सरसफाइ गर्दै हरियाली बनाउने र अस्पतालमा बगैँचा व्यवस्थापन गर्दै नगर अस्पताललाई आकर्षक बनाउने गरी काम अगाडि बढेको सुवेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार