ओलीको कालो छायाँमा परेको लोकतन्त्र
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १६:१५:५०
२ असार, काठमाडौं । प्राकृतिक प्रकोपले वितण्डा मच्चाउन थालिसक्यो । असार सुरु नहुँदै देशका धेरै क्षेत्र डुबानमा परिसकेका छन् । सिन्धुपाल्चोक र मनाङमा त बाढी पहिरोले मानवीय क्षति नै पु¥याइसक्यो । साउन भदौसम्म पुग्दा यो क्रम कुन गति र बेगले अगाडि बढ्ने हो अनुमान गर्न कठिन भएको छ ।
प्रकृति जस्तै नेपालको राजनीति पनि प्रेडिक्सन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । यसको जग निर्माण गर्ने काम प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेका हुन् । उनले राजनीतिको कोर्स कतिबेला कुन दिशामा फर्काउने हुन् कसैले कल्पनै गर्न नसक्ने भएको छ । संविधान , कानून र परम्परालाई ओलीतन्त्रमा कीम्बदन्ती बनाइएको छ । अर्थात, ओलीतन्त्र मनमौजी छ । जसरी बाढी पहिरोको कुनै सीमा बन्धन रहँदैन , ठीक त्यस्तै ओलीको पनि कार्यशैली र व्यवहार कतिखेर कसरी बबण्डर मच्चाएर आउने हो अनुमान गर्न कठिन छ ।
ओलीको एउटा गज्जबको न्यारेटिभ बनेको छ अहिले । ओलीतन्त्रकै मतियार र प्यादासमेत भन्ने गर्छन् – अब ओलीलाई सत्ताबाट सितिमिती हटाउन गाह्रै पर्ला । हुनपनि ओलीको एउटै मात्र अभिष्ट सत्तामा टिक्नु नै देखिन्छ । सत्ताबाट बाहिरिनुपर्दा मानौं ओलीको राजनीतिक जीवन नै समाप्त हुनेछ । यसखाले सोचले ओलीमा बलियो जरो गाडेको प्रष्टै देखिन्छ । त्यसका लागि ओली जस्तोसुकै सम्झौता वा रिस्क मोल्न तयार छन् । किनभने शितल निवासको बलियो साथ उनलाई प्राप्त छ ।
ओलीको पछिल्लो रणनीति फेरि पनि सत्तामै कसरी टिक्ने भन्नेमै केन्द्रित छ । न्यायलयसँगको सेटिङ विस्तारै भत्कनेक्रम सुरु भएको छ । उनले गरेको प्रतिनिधिसभा विघटन फेरि पनि बदर हुने निश्चित जस्तै छ । सर्वाेच्च अदालतले ओलीको निर्णय सदर गर्ने कुनै आधार देखिंदैन । यसको भान ओलीलाई परिसकेको छ । अझ भनौं सेटिङ गर्नेले नै यसबारे प्रष्ट जानकारी दिइसकेको अवस्था हो ।
त्यसैले पुनर्गठित प्रतिनिधिसभामा फेरि पनि कसैको वहुमत नपुगोस् भन्ने नै ओलीको एक सूत्रीय अभियान रहेको छ । यसका लागि ओलीलाई सबैभन्दा ठूलो तगारो भनेकै आफ्ना पार्टीका २३ जना सांसद्ले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर रहेको छ । उक्त हस्ताक्षर फिर्ता गराउन सके ओलीको सत्तायात्रा फेरि पनि निरन्तर रहने ठम्याई रहेको छ ।
त्यसैले ओली यतिबेला पार्टी एकताको पक्षमा हदैसम्म लचक हुने सन्देश सम्प्रेषण गर्दैछन् । विपक्षी दलसँगको मोर्चाबन्दीबाट माधव नेपाल पक्षलाई फुटाउन सक्दा ओलीको सत्तायात्रा लम्बने अवस्थाको आंकलन गरिएको छ ।
न्यायलयसँग सेटिङ भत्किएपनि महत्वपूर्ण सूचना भने आदानप्रदान भइरहेको छ । ओलीलाई प्राप्त पछिल्लो सूचना अनुसार, सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने छ । त्यसका लागि दिइने आधार भनेको संविधानको धारा ७६ को उपधारा ४ को प्रयोग बिना सरकार फड्को मारेर धारा ७६(५) मा जान सक्दैन । साथै, प्रतिनिधिसभा विघटनको अधिकार केवल ७६ (५) को सरकारलाई मात्रै हुनेछ । त्यसैले प्रतिनिधिसभामा ओलीले धारा ७६(४)को लागि विश्वासको मत लिनै पर्छ ।
यस्तो फैसला आउने सूचना ओलीलाई प्राप्त भएकाले अब सबै ध्यान र शक्ति त्यतै केन्द्रित गरिएको देखिन्छ । त्यसका लागि पहिलो सर्त भनेकै माधव नेपाल पक्षलाई विपक्षी गठबन्धनबाट निकाल्नु हो ।
यसका लागि ओलीले एमालेको २ जेठ,२०७५ को पार्टी संरचना अन्तर्गतको कमिटी स्वीकार्ने भएका छन् । आज भोलि नै ओलीले माधव नेपालसहितको पार्टी स्थायी कमिटी बैठक डाक्दैछन् । त्यसपछि सबै कमिटीहरुलाई व्यूँताउन उनी तयार भएको सन्देश नेता नेपाललाई दिइसकेका छन् । नेता नेपालसँग फेरि वान टू वान सम्बादका लागि उनले प्रस्ताव गरिसकेको अवस्था छ ।
ओलीको यो रणनीति र चालबाजी नेपाल पक्षले नबुझेको पक्कै छैन । सवाल पार्टीको मात्र होइन, सवाल संविधान र प्रजातन्त्रको रक्षाको हो । ओलीले यसबीच गरेका दर्जनौं असंवैधानिक काम नसच्चिएसम्म पार्टी एकताको कुनै अर्थ छैन । माधव नेपाल पक्षले विपक्षीसँग बनाएको मोर्चाबन्दी केवल सत्ताका लागि नभएर संविधानको रक्षा र लोकतन्त्रको संरक्षणका लागि भनिसकेको छ । त्यसैले पनि ओलीको पछिल्लो चालबाजीले खासै अर्थ राख्ने अवस्था छैन ।
ओली पनि नेपाललगायत केही शीर्ष नेता बिनाकै एमाले रहोस् भन्ने चाहन्छन् । संसद्को अंकगणितलाई ओलीले प्राथमिकतामा राखेका छन् । कदाचित प्रतिनिधिसभा पुनस्थापना भएपछि उनले विश्वासको मत लिनुपर्ने अवस्था आउँदा जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका २० जनाको समर्थन पाउने अवस्था छ । वहुमतका लागि ओलीलाई १३६ सांसद्को समर्थन आवश्यक रहन्छ । त्यसैले उनी चाहन्छन् माधव नेपाल पक्षबाट आवश्यक मत मात्रै आउनेजति सांसद् ल्याउन सके भयो । त्यसैले उनको प्राथमिकता नेपाल , झलनाथ खनाल र भीम रावल बाहेक अरुलाई आफ्नो पक्षमा ल्याउने रहेको छ ।
तर ओलीले सोचेजस्तै अवस्था सधैं रहला भन्न सकिन्न । किनभने जसपाको आधिकारिकता र वहुमत उपेन्द्र यादव पक्षसँग रहेको यथार्थ हो । ओली छायाँबाट प्रभावित भएको निर्वाचन आयोगले जतिसुकै छलछाम गरेपनि दुनियाँलाई थाहा छ– जसपामा महन्थ–राजेन्द्र आधिकारिक हुन सक्दैनन् । त्यसैले उपेन्द्र पक्षले कानूनी उपचार खोज्ने तयारी थालेसँगै ओलीको सर्वसत्ताबादमा नराम्रो धक्का लाग्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार