Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ११:४७


निर्वाचन परिणामले निराश नेकपा

२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी पहिरो  प्रभावित क्षेत्रमा  तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

बढी र पहिरोले देशका विभिन्न ठाउँमा बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग उनको आग्रह  गरेका हुन । बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि प्रण्डले आग्रह गरेका छन् ।

‘मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो ।हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु ।

यस महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु ।  प्रचण्डले विज्ञाप्तिमा भनेका छन् ।

यसै गरी प्रचण्डले विपद्को बेला राहत र उद्धार कार्यमा आ-आफ्ना क्षेत्रमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?