Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने

प्रकाशित मिति :  २ असार २०७८, बुधबार १२:५२


२ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारले असार ४ गते विश्वासको मत लिने भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले चार दिनअघि मात्रै गठबन्धन सरकार बनाएका हुन् ।

नेकपा एमाले नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि नेपाली कांग्रेसका नेता नेपालीको नेतृत्वमा विपक्षीहरुको गठबन्धनले सरकार बनाएको छ ।

हिजो मात्रै सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याएको छ । बजेटमाथिको छलफल र पास हुने क्रम अगावै सरकारले विश्वासको मत लिने भएको हो । सरकार बनेको ३० दिन भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कदाचित नेपाली नेतृत्वको सरकारले विश्वासको मत पाएन भने प्रदेशसभा भंग भई निर्वाचन गर्नुपर्ने हुन्छ । तर गठबन्धन सरकारसँग बहुमत भएकाले विश्वासको मत पाउने लगभग निश्चित छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?