Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
मेडिकल कलेज / अस्पताल

के भएको हो झलनाथलाई ?

प्रकाशित मिति :  २ असार २०७८, बुधबार १३:१७


२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल दुई साता अघि मात्रै कोरोना संक्रमणको उपचार गरी नर्भिक अस्पतालबाट घर फर्किएका थिए । राम्रोसँग तंग्रिनसमेत नपाएका खनाल फेरि बिरामी परेका छन् । लगभग एक साताभन्दा बढी उनलाई उच्च ज्वरो आयो । पीसीआर गर्दा रिपोर्ट भने नेगेटिभ आयो ।

तर उनको ज्वरो ओर्लिएन । अनि मात्र खनाललाई उपचारका लागि हिजो नर्भिक अस्पताल पु¥याइयो । दुई दिन उपचार गर्दासमेत खनालको स्वास्थमा उल्लेख्य सुधार भएको छैन । डाक्टरहरुले थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजान सिफारिश गरेका छन् । विगतदेखि नै खनाले दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्दै आएका छन् ।

के भएको हो ?

नर्भिक अस्पतालमा गरिएको स्वास्थ परीक्षणमा खनालको पोष्ट्रेट ग्रन्थी बढेको देखियो । साथै, रगतमा हेमोग्लोबिनको मात्रा पनि घटेको अस्पताल स्रोतले बताएको छ । खनालको मृगैलामा पनि खराबी देखिएको डाक्टरहरुले जनाएका छन् ।

इश्वरले भेटे

आजै थप उपचारका लागि खनाल नयाँ दिल्ली जानअघि पार्टी महासचिब इश्वर पोखरेलले भेटेका छन् । भेटमा पोख्रेलले खनालको स्वास्थ अवस्थाबारे जानकारी लिएका थिए । साथै, शीघ्र स्वास्थ लाभको कामनासमेत गरेका थिए ।

खनालले पनि पार्टी भित्रको समस्याको हल खोज्न पोखरेललाई भूमिका खेल्न आग्रह गरेका थिए । जवाफमा पोखरेलले तपाईं फर्किएपछि थप सल्लाह गरौंला भनेको अस्पताल स्रोतले बतायो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?