नेपाल प्रहरीमा डीआईजीहरुको सरुवा तयारी
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २२:९:४१
२ असार, काठमाडाैं । गृहमन्त्रालयले नेपाल प्रहरीमा डीआईजीहरुको सरुवा तयारी गरेको छ । सरुवाको एक वर्ष अवधि पुगेका डीआईजीहरुलाई सरुवा गर्न लागिएकाे हो । प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजीहरुलाई सरुवा गर्न लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
डीआईजी सरुवाकै विषयमा मंगलबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले छलफल गरेको भएपनि उनीहरुबीच खासै सहमति हुन सकेको छैन् । सरकारले निर्वाचन समेत घोषणा गरेका कारण त्यसलाई समेत ध्यानमा राखेर डीआईजीदेखि एसएसपीहरुको सरुवाको तयारीमा गर्नुपर्ने मन्त्रालयको धारणा छ ।
मन्त्रीसहित गृहसचिव महेश्वर न्यौपाने र आईजीपी थापा डीआइजीहरुको सरुवाको विषयमा छलफलमा जुटेका भएपनि मंगलबार खास निर्णय भएको छैन । तर प्रहरी प्रधान कार्यालयले केही दिनमै सरुवा गरिहाल्ने तयारी थालेको छ । प्रहरी प्रधान कर्यालयले नेपाल प्रहरीको प्रदेश र एक वर्ष बढी अवधि पुगेका जिल्लाका प्रहरी नेतृत्वको सरुवा गर्न लागेको हो । अहिले सबैजसो प्रदेशमा डीआइजीहरुको सरुवा अवधि कटिसकेको छ ।
प्रदेश कार्यालय प्रमुख रहेका डीआइजीहरुको अवधि १४ महिना पुगेको छ । ८ वैशाख २०७७ मा सरुवा भएका डीआईजीहरुको सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले कोरोना संक्रमणको कारण देखाएर सरुवा गर्न सकेको छैन । उनीहरु अहिले सरुवा लागि प्रहरी प्रधान कार्यालयलाई ताकेता गरिरहेका छन् । डीआईजीहरुको सरुवा लगत्तै एसएसपी, एसपी र डीएसपीहरुको सरुवा हुनेछ ।
हाल संघीय प्रहरी कार्यालयका एसएसपीहरु, एसपीले कमाण्ड सम्हालेका जिल्लाहरु मोरङ, सुनसरी, दाङ, कैलाली, बाँके, कास्की, काठमाडौका कतिपय वृत्तहरु र अर्घाखाँची, भोजपुर, संखुवासभा, खोटाङ लगायतका जिल्ला प्रमुखहरुको सरुवा हुने बेला भएको छ । त्यसैगरी प्रशासन, मुद्धा शाखा, जिल्लामा एसपीको सहायक भएका डीएसपीहरुको पनि सरुवा हुने बेला भएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रदेश १ का डीआइजी ईश्वरबाबु कार्कीलाई प्रधान कार्यालयमा सरुवाका तयारी गरेको छ । त्यहाँ सीआईबीमा रहेका सहकुल बहादुर थापा वा अख्तियारमा रहेका अरुणकुमार बिसी मध्ये एकजनालाई पठाउने तयारी गरेको हाे । त्यस्तै दिवेश लोहनीलाई प्रदेश २ मा पठाउने तयारी गरेको भएपनि लोहनीले प्रदेश २ मा जान आनाकानी गरेपछि थापाकाे सरूवा हुने अवस्था छ । प्रदेश २ मा कार्यरत धीरजप्रताप सिंहलाई सीआईबीमा सरुवा गर्ने तयारी गरेको छ ।
लोहनीले प्रदेश १ जान चाहेको भएपनि उनलाई बाग्मती प्रदेश पठाउने तयारी गरिएको छ । गण्डकी प्रदेशमा डीआईजी प्रकाशजंग कार्की, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा डा. देवबहादुर बोहोरालाई पठाउने तयारी भैरहेको स्रोतले जनाएको छ । त्यस्तै सीआईबीमा प्रबन्धका पुरुषोत्तम कँडेलले जाने रहर गरेको भएपनि उनलाई अख्तियारमा पठाउने तयारी गरेका छन् ।
प्रबन्धमा रहेका एसपी प्रेम बस्नेत पनि कँडेललाई अख्तिार पठाउनुपर्छ भन्दै लविङ गरिरहेका छन् । एसपी बस्नेत पहिला अख्तिायरमै बसेर प्रबन्धमा आएका हुन् । सीआईबीमा उत्तम सुवेदीले पनि जान चाहेका छन् । लुम्बिनीका रविन्द्र धानुकलाई प्रहरी प्रधान कार्यालय सरुवा गर्ने तयारी भएको छ । उनलाई दाङका क्रसर उद्योगहरु संरक्षण गरेको आरोप लागेको छ ।
त्यसैगरी काठमाडौ उपत्यकाका वृत्तहरुमा कार्यरत डीएसपीहरुको पनि सरुवा तयारी भएको छ । बौद्धमा नवीन कार्की, महाराजगन्जमा रोशन खड्का, वानेश्वरमा दक्षबहादुर बस्नेत, अनामनगरका हरिबहादुर बस्नेत तथा निराजनदत्त भट्ट, नेपाल प्रहरी अस्पतालका प्रशासन प्रमुख प्रेमसागर केसीको सरुवा तयारी भएको छ ।
उनीहरुको एक वर्ष अवधि पुगेका कारण सरुवा तयारी भएको हो । त्यस्तै कास्कीका जीवन श्रेष्ठ, मोरंगका सन्तोष खड्का लगायतका एसपीहरुको पनि सरुवा तयारी भएको छ । एक वर्ष अवधि पूरा भएका डीएसपीहरुको सरुवापछि प्रहरी प्रधान कार्यालयले असार भित्रै प्रहरी निरीक्षकहरुको पनि सरुवा गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार