ओली रणनीतिः जसपा मिल्न नदिने
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २३:२६:१३
२ असार, काठमाडौं । जनता समाजवादी पार्टी भित्रको रडाकोले प्रधानमन्त्री केपी ओलीलाई ठूलै राहत पुगेको छ । त्यसैले उनी चाहन्छन् –जसपा विवाद अझै चर्कियोस् । महन्थ ठाकुर – राजेन्द्र महतोले आफूलाई साथ दिएपनि पार्टी भित्रको विवादले भने किनारा नपाओस् भन्ने ओली रणनीति रहेको छ ।
ओलीकै चाहना बमोजिम निर्वाचन आयोगले पनि त्यस्तै निर्णय गरिदियो । दुबै पक्षले आफ्नो आधिकारिकता र पार्टी निर्णय विपरित काम गर्नेलाई हटाउन आयोग समक्ष निवदेन दिएका थिए । तर आयोगले कसैको पनि दाबी नपुग्ने भनेर यथास्थितिमा राखिदियो । विवाद परेपछि त्यसको निरुपण गर्ने दायित्व आयोगको हो । आयोग नै चाहँदैन, जसपाको विवादको हल होस् भनेर – केन्द्रीय कार्यकारिणी परिषदका सदस्यसमेत रहेका नेता मोहमद इस्तियाक राइनले भने ।
बहुमत कार्यकारी सदस्यले गरेको निर्णयलाई नमान्ने आयोगको नियत के हो ? भन्दै उनले अब आयोगको निर्णय विरुद्ध अदालत जानुको विकल्प नरहेको बताए । प्रधानमन्त्री ओलीले जसपाको ठाकुर–महतो पक्षलाई उपयोग मात्र गरेको उनको भनाई छ । उनीहरु सत्तामा जान हतारिएका थिए, ओली पनि हाम्रो झगडा लगाएर राजनीतिक लाभ लिन चाहन्थे , दुबैको स्वार्थ मिल्यो तर ओलीले यो झगडा मिल्न दिनेवाला छैनन् – राइनको ठम्याई हो ।
जसपालाई छिन्न भिन्न पार्न सक्दा मात्रै ओलीलाई मधेसमा फाइदा पुग्ने हो त्यो कुरा महन्थले नबुझेको भन्दै उनले अब मधेसी जनताको हक अधिकारका लागि महन्थ – राजेन्द्र पक्षको सत्ता लालच बाधक भएको आरोप लगाए । संसद्मा विधेयक पास हुन नदिने अनि अध्यादेश ल्याएर नागरिकतासम्बन्धी समस्याको हल खोज्ने नाटक गर्ने भन्दै उनले सर्वाेच्च अदालतले भोलि पर्ने सक्ने समस्याबारे अहिल्यै अलर्ट गराएको बताए । साँच्चै मुद्धा स्थापित गर्न गएको भए अब उनीहरु सत्तामा बस्ने अधिकार गुमाइसकेका छन् – नेता राइनले भने ।
निर्वाचन आयोगको भूमिका एमाले पार्टीको पनि ओली गुट संरक्षणमा मात्रै सीमित भएको धेरैले टिप्पणी गरेका छन् । जसपा प्रकरणमा आयोगले यसअघि एमाले विवादमा देखाएकै भूमिका दोह¥याएको छ । अर्थात, बहुमतले कारबाही गरेका ओलीलाई नेकपा कालमा मान्यता नदिएको र दुबै अध्यक्ष यथावत रहने भन्ने हाँस्यास्पद निर्णय फेरि दोह¥याएको देखिन्छ ।
लोकतन्त्रको सबैभन्दा सशक्त पक्ष भनेको बहुमतको कदर गरिनु हो । तर आयोगले त्यो मान्यता र सिद्धान्त भत्काइदिएको छ । अब आयोगप्रति कसरी भराेशा गर्ने ? – जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो मात्रै एक सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए । यसरी ऐन कानून र स्थापित मूल्य मान्यता विपरित निर्णय गर्ने आयोगप्रति धेरैले प्रश्न उठाएको भन्दै उनले कतै आयोग पनि सेटिङमा त चलेको हैन ? शंका व्यक्त गरेका छन् ।
आयोगको निर्णय आएपछि अध्यक्ष यादवले हिजो मात्रै केही कानून व्यावसायीहरुसँग छलफल गरेका छन् । छलफलमा आयोगको निर्णय गलत र राजनीतिक उद्धेश्यले प्रेरित देखिएको भन्दै त्यसका विरुद्ध न्यायलयमा जान सल्लाह दिए । यस्तै केही कानून व्यवसायीहरुले भने एकपटक आयोगसँग फेरि पार्टी आधिकारिकता दाबी गर्न समेत सल्लाह दिएका थिए । यसबारे के गर्ने भनेर यादव पक्षले भोलि ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक डाकेका छन् ।
आयोगको फैसलालाई ठाकुर–महतो पक्षले भने स्वागत गरेको छ । बहुमत नहुँदापनि सत्ता पक्षको भएकाले आयोगको सद्भाव र सुदृष्टि परेकाले अब काम गर्न सहज हुने बुझाई यो पक्षको रहेको छ । त्यसैले अध्यक्ष महन्थ र संसदीय दलका नेता राजेन्द्रले हिजै एकतर्फी रुपमा कार्यकारिणीमा १७ जना सदस्य थप गरेका छन् । जसमा ११ जना ठाकुर पक्षीय र ६ जना महतो पक्षीय नेता पारिएका छन् ।
ओलीले यसअघि विवाद हुँदा यस्तै गरेका थिए । उनले एक पक्षीय रुपमा साढे पाँचसय केन्द्रीय सदस्य थपेर बहुमत पारेका थिए । त्यसलाई नै आधार बनाएर आयोगले नेकपामा दुबै पक्षको दाबी नपुग्ने फैसला सुनाएको थियो ।
यति हुँदा पनि आयोगले ठाकुर–महतो पक्षलाई आधिकारिकता भने नदिने पक्का छ । किनभने यो सबै नक्कली भएको प्रष्टै छ । मिलाएरै ल्याएको भएपनि आयोगले जसपालाई सग्लो पार्टी बन्ने अवस्थामा ल्याउनेवाला चाहिं अझै छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार