चीनको सिनोफर्म कम्पनीसँग सरकारले ४० लाख डोज खोप किन्ने
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १३:२९:३०
३ असार, काठमाडौं । सरकारले ४० लाख डोज चिनियाँ खोप किन्ने निर्णय गरेको छ । चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छहो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको बालुवाटार स्रोतले जनाएको छ ।
नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेन । ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने छ ।
यता बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण्नका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताएका छन् । अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उनले आगामी साउनबाट नागरिकहरुलाई लगाउन थालिने उनले बताएका छन् ।
खोपको प्रति डोज मूल्यका बिषय गोप्य राख्न चीनले गरेको आग्रहलाई ख्याल गर्दै मन्त्रिपरिषद्ले ४ अर्ब ५० करोड रुपैयाँको सीमाभित्र रहेर चीनसँग खोप किन्ने निर्णय गरेको बताइएको छ ।
प्रति डोज १० देखि १२ डलरको बिचमा मूल्य पर्नेगरी खरिद सम्झौता हुन लागेको हो । तेसो त सरकराले चीनले यसअघि अनुदानस्वरुप दिएको सिनोफार्माको भेरोसेल खोप नै खरिद गर्न लागिएको बताइएको छ । सरकारले गत बर्ष कोरोना महामारी सुरु हुने बेलामा पनि नेपाली सेनामार्फत सिनोफार्मासँगै स्वास्थ्य सामाग्री खरिद गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार