नेपाल पक्षको स्थायी कमिटी बैठक जारी
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार २०:१९:२७
३ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक हतकण्डाका रुपमा जेठ २, २०७५ अगाडिको संरचना व्यूँताउने तयारी तीब्र पारेसँगै असन्तुुष्ट पक्ष पनि दबाबमा परेका छन् ।
ओलीको ६ बुँदे प्रस्तावलाई चालबाजीको संज्ञा दिइसकेको खनाल–नेपाल समूह पछिल्लो अवस्थालाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित भएको छ । ओलीले प्रतिनिधिसभा विघटनको भनक पाएपछि नयाँ रणनीति तयार गरेको भन्दै खनाल – नेपाल पक्ष थप संयमित हुन खोजेको छ ।
यही विषयलाई लिएर खनाल–नेपाल पक्षले अहिले स्थायी कमिटी बैठक गरिरहेको छ । भर्चुअल माध्यमबाट जारी बैठकले ओलीको नयाँ रणनीतिलाई कसरी परास्त गर्ने लगायत अदालतको फैसलापछि कसरी बढ्ने भन्ने विषयमा समेत छलफल गरिरहेको स्रोतले बताएको छ ।
ओलीले जेठ २ अगाडि फर्कने तर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त राखेका छन् । यसबारे पनि गहन छलफल भइरहेको स्रोतको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार