उत्पादित आलुले बजार नपाएको कृषकको गुनासो
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार २०:२०:५६
३ असार,सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गते रातिबाट निषेधाज्ञा हुँदा, यसको सयमअवधि थपिदै गएपछि डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हुन् ।
मङ्सिर, पुषमा आलु रोपेर जेठ र असारमा बारीमा आलु फलेको भएपनि बिक्रीका लागी बजार नपाएर कुहिएर खेर जाने अवस्था रहेको डाडाफयाँ गाउँका किसान जुनकला शाहीले गुनासो पोखीन् । उनले भनीन्, “सिमकोट बजारमा आलुले राम्रो मूल्य पाउनुका साथै बिक्री पनि हुन्छ, तर सरकारले गरेको निषेधाज्ञाका कारण सिमकोट जान नपाउँदा गाउँमा उत्पादन भएका आलु खेर जाने अवस्था रहेको छ । ”
स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको किसानले बताउने गरेका छन् । बिक्रीका लागी गाउँबाट आलु सिमकोट सम्म पुरयायो भने प्रतिकेजी रु १०० देखि माथि बिक्री हुनुका साथै आलुको परिकार हेरेर बिक्री हुने र मूल्य पाइन्छ ।
पछिल्लो समय वैशाख २२ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु भएयता गाउँका कृषकहरुले आलु विक्रिका लागि बजार नपाउँदा उत्पादनमा मात्रै सीमित रहेको पाइएको छ । सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँका जानकला भण्डारीले भनीन्, “यो मौसममा आलु उत्पादनका लागि धेरै महेनत गरियो तर निषेधाज्ञाले जिल्ला सदरमुकाम सिमकोटसम्म गएर आलु बिक्री गर्न नपाएपछि घरमै थुपार्नु बाहेक अन्य विकल्प छैन्, ।” विगतमा सदरमुकाम सिमकोटसम्म लगेर बिक्री गर्ने गरिन्थ्यो भने यो वर्ष कोभड १९ का कारण कतै पनि लान नपाएर घरमै कुवाएर राख्नु परेको उनको भनाइ छ ।
जिल्लामा नयाँ उत्पादन गरिएको आलुको मूल्य रु १ सय ५० रुपैया पर्ने गरेको छ । तर यो वर्ष आलुनै बिक्री गर्न नपाएपछि अन्य घरायसी सामग्री किनेर खान नपाउँदा दुखित भएको स्थानीय कृषक शाहीले बताए । जिल्लामा व्यावसायिक किसानले वर्षको दुई पटक आलु उत्पादन गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार