उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार २०:५०:२६
३ असार,उदयपुर । उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छन् । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो ।
वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । “खोला नियन्त्रणका लागि बलियो तटबन्धन निर्माण नहुँदा गाइघाट बजार बाढीको उच्च जोखिममा छ”, स्थानीयवासी शिबबहादुर कार्कीले भने, “बरुवा खोला किनारका पुराना साना तटबन्धहरु बाढीले वर्षेनि भत्काउँदै आएको छ । कमजोर तटबन्धका कारण गाइघाट बजार अहिले उच्च जोखिममा परेको छ ।” ट्रयाक्टर व्यवसायीहरुले खोला किनार र तटबन्ध क्षेत्रमा समेत मनपरी उत्खनन गरेर ढुङगा निकाल्ने गर्नाले बरुवा खोलाको पुरानो तटबन्ध क्षेत्र कमजोर भएका कारण गाइघाट बजार नै उच्च जोखिमा रहेको उनको भनाइ छ ।
गत वर्षको बाढीले झण्डै सय मिटरभन्दा बढी तटबन्ध तथा बाँध भत्काएपछि नगरपालिकाको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले हजारौं बोरामा बालुवा राखेर सो तटबन्ध मर्मत गरेका थिए । यहाँका बासिन्दा वर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको अर्का स्थानीयवासी जीतबहादुर कार्कीको भनाइ छ । खोलामा दैनिक पानीको बहाव बढ्न थालेपछि स्थानीयवासी बारम्बार त्रसित हुने गरेका छन् । अत्यधिक पानी परेको अवस्थामा बाढी आएमा गाइघाट बजार खतरामा पर्ने भन्दै स्थानीयवासी रणबहादुर कटुवालले चिन्ता व्यक्त गरे । समयमै विपत् न्यूनीकरण गर्न दीर्घकालीन हिसाबमा नसोच्ने हो भने गाइघाट बजार सङ्कटमा पर्ने उनको भनाइ छ ।
“स्थायी रुपमा बलियो बाँध निर्माण नहुँदा २०३२ सालमा बरुवा खोलामा आएको बाढी गाइघाट बजारमा प्रवेश गर्दा पचास घर विस्थापित भएको थियो”, स्थानीयवासी ८३ वर्षीय रत्नबहादुर श्रेष्ठले भने, “२०३७ सालको बाढीले ११० घर विस्थापित भएको थियो भने २०४२ र २०४९ सालमा आएको बाढीले पनि सयौं घरपरिवार विस्थापित भएको थियो । गाइघाट बजारको जोखिम न्यूनीकरण गर्न अहिलेसम्म कुनै पनि निकायको ध्यान जान नसकेकाले त्यहाँको जोखिम जस्ताको तस्तै रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार