२० श्रावण २०७८, बुधबार

सिम्रिक सहकारीद्धारा दुर्घटनामा परी दिबंगत सदस्यको ऋण मिनाहा

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार २२:५४


३ असार, झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले दुर्घटनामा परी दिबंगत सदस्यको सम्पूर्ण ऋण मिनाहा गरेको छ । जिल्लाको विर्तामोड–४, झापामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले शुरुबाटै आफ्ना सदस्यको मृत्यु भएको अवस्थामा उक्त सदस्यले लिएको ऋण मिनाह गर्दै आएको हो ।

यसै सन्दर्भमा यस संस्थाको सेवाकेन्द्र दाम्राभिट्टाका सदस्य ललित बहादुर कटुवालको मोटरसाइकल दुर्घटनामा परी भएको अकल्पनिय मृत्युबाट यस संस्थाले एक जना अभिभावक गुमाएको र संस्थाले अत्यन्तै मर्माहत भएको महसुस गरेका छ ।

संस्थाले जन्मपछिको मृत्युलाई सहर्ष स्वीकार गर्दै संस्थाले मृत आत्माको चीर शान्तिको कामना गर्दै स्व. ललित बहादुर कटुवालको आत्माले स्वर्गमा बास गरोेस् भनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समवेदना समेत व्यक्त गरेको छ ।

साथै स्व. सदस्यले संस्थाबाट लिएको ऋण रु. १००,०००।– (अक्षरेपी एक लाख रुपैया मात्र) मिनाहा गरिदिएको छ । संस्थाका कर्जा विभाग प्रमख श्री कृष्ण प्रसाद कडरिया, आई.टी. विभाग प्रमुख श्री याम बहादुर बिष्ट, सेवाकेन्द्र दाम्राभिट्टा प्रमुख श्री इन्दु घिमिरे र कर्मचारीको उपस्थितिमा मृतक सदस्यको परिवारलाई राहत स्वरुप ऋण मिनाह गरिएको पत्र बुझाइएको जनशक्ति विभाग प्रमुख श्री मिन बहादुर अधिकारीले जानकारी गराए ।

जन्मपछि मृत्यु एकदिन अवश्य नै रहेको र मृत्यु पश्चात् मृतक सदस्यको परिवारलाई ऋणको बोझलाई संस्थाले निराकरण गर्ने र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. आफ्ना सदस्यहरुको सुखमा होस् या दुःखमा, जन्मदेखि मृत्युसम्म सदैव साथमा रहने विश्वास र प्रतिवद्धता ब्यक्त गर्दै संस्थाका कार्यकारी प्रमुख श्री कमल बहादुर बस्नेतले दिबंगत आत्माको चिर शान्ति र शोक सन्तप्त परिवारमा संस्थाको तर्फबाट हार्दिक श्रद्धाशुमन अर्पण समेत गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?