सात गतेदेखि बैंकमा सबै किसिमका कारोबार
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १६:१२:२१
४ असार, काठमाडौं । कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैंक तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैकर्स संघको बिहीबार सम्पन्न कार्यसमितिको बैठकमा सबै खाले बैङकिङ कारोबार खुला गर्ने सहमति भएको छ ।
संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनको निर्देशनलाई हेरेर बैंकहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हा । पछिल्लो समय बैंकका कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्ने विषयमा पनि सबै बैंकरको धारणा लिएर निष्कर्षमा पुग्ने निर्णय पनि संघले गरेको उनले बताए ।
निषेधाज्ञा खुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैंकहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैंकरहरू पुगेका हुन् । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरे पनि खुकुलो बनाएको छ ।
अहिले निषेधाज्ञा कारण शाखाहरू पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ । बैङ्कका शाखा पनि २स्०० बजेसम्म मात्र खुलिरहेका छन् । परिस्थिति सहज भएसँगै मालपोत कार्यालय खुलेपछि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ । यस्तै ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको संघले जनाएको छ । यसअघि बैंकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स सङ्घले निर्णय गरेको थियो ।
वर्षाका कारण यसअघि रोकिएका काम पनि सक्नुपर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको सङ्घले जनाएको छ । यसअघि बैंक तथा वित्तीय सस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी असार १ गते मङ्गलबारदेखि स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको थियो ।
गोरखापत्र दैनिकमा समाचार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार