कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १६:२९:४५
४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज ‘शुक्रबार’ पनि बस्दै छ। १४ औं महाधिवेशनका सन्दर्भमा बिहीबारदेखि जारी बैठक आज पनि बूदै छ ।
बैठक आज दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बिहिबारको बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ ।
यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकोमा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ । पदाधिकारी बैठकले प्रस्ताव गरेका तल्ला तहको अधिवेशन तालिकालाई सामान्य संशोधन गरिएको छ ।
महाधिवेशनको मिति भने भदौ १६ देखि १९ नै कायम छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको तालिकाअनुसार गाउँ वडा अधिवेशन आगामी साउन १२ गते हुनेछ ।
गाउँ,नगरपालिका साउन १६, प्रदेश क्षेत्रीय साउन २०, प्रतिनिधिसभा क्षेत्रीय ‘एक निर्वाचन क्षेत्र भएको जिल्लाको समेत’ साउन २३, दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछन् ।
बैठकमा कोरोना महामारीकाबीच उक्त अधिवेशन कसरी सम्पन्न गर्नेबारे बहस भइरहेको छ । हिजो १२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा नेताहरुले बोल्न क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार