किमाथाङकामा वरपीपल संरक्षण अभियान
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २०:२०:२२
४ असार,किमाथाङका । पछिल्लो समय मासिदैँ गएका वर पीपल संरक्षण गर्ने ध्येयले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सङ्खुवासभाको आयोजनामा तीन सय जोडी भन्दा बढी वरपीपल रोपिएको छ । सङ्खुवासभाका १० वटै स्थानीय तहमा वरपीपल रोपिएको छ ।
विभिन्न मठ–मन्दिर, दोवाटो, चौतारो भएका ठाउँमा वैदिक विधिपूर्वक रोपिएका वरपीपलहरु मासिन थालेपछि यो रोप्ने अभियान चलाएको महासंघ सङ्खुवासभाका अध्यक्ष लक्ष्मी चापागाइले जानकारी दिए । स्थानीय तहका तीन सय सामुदायिक वनमा वरपीपल रोपिएको अध्यक्ष चापागाइले बताए । पहिले धार्मिक आस्थाका रुपमा रोप्ने वरपीपल अक्सिजनका लागि मात्र नभएर भूक्षय रोकथाममा पनि सहयोगी हुनेछ ।
पहिले विवाह नगरेको वरपीपल पूजा गर्नु हुँदैन भन्थे । रुखको त कुरै छाडौं हाँगाविगा पनि काट्ने चलन थिएन । अचेल रुखनै काट्छन्, मान्छेले धर्म छाड्दै गएका बेला वरपीपल रोप्ने अभियान निकै राम्रो भएका खाँदबारी नगरपालिका ८ का जीवनाथ खनालले बताए । वरपीपलले पर्यावरणीय सन्तुलन कायम राख्छ, अत्यधिक अक्सिजन उत्पादन गर्छ र त्यो मानव स्वास्थ्यका लागि अत्यधिक लाभदायी हुने स्थानीय खनालको भनाइ छ । वरपीपलसँगै समी, गुराँस, चाँप, धुँपीसल्लासहित ६ सय भन्दा बढी वृक्षरोपण गरिएको सो अभियानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार