वालिङ नगरपालिकामा बंगुर पकेट कार्यक्रमको घोषणा, निःशुल्क पाठापाठी वितरण गर्दै उपप्रमुख तिवारी
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २१:२५:५
४ असार, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ । आर्थिक स्तर न्यून भएका नागरिकहरुलाई उनीहरुको मागका आधारमा नगरपालिकाले बंगुरपालनको संभावना भएका नगरका तीन ठाउँलाई ‘बंगुर पकेट कार्यक्रम’ घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘बंगुर पकेट कार्यक्रम’ अन्तर्गत नगरपालिकाले आज वालिङ ८ को पारिवन वन उपभोक्ता समूहमा आबद्ध २४ जनालाई जनही २/२ वटाका दरले ४८ वटा बंगुरका पाठापाठी वितरण गरेको छ । यसअघि गत आईतबार वालिङ ७ ताप्केस्थित सिर्जना बंगुरपालन समूहलाई ३५ वटा पाठापाठी वितरण गरिसकेको छ भने अब वालिङ ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसेलाई वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ ।
वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन वन उपभोक्ता समूहलाई ‘बंगुर पकेट क्षेत्र’ का रुपमा विकास गर्नका लागि बंगुरका पाठापाठी वितरण गरेको उपप्रमुख कल्पना तिवारीले बताइन । घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालीम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी ब्यवसायिकतामा जोड दिईने उपप्रमुख तिवारीले जानकारी दिइन ।
कृषकहरुलाई ब्यवसायिक बनाउन आवश्यक पर्ने सहयोगका लागि नगरपालिका प्रतिबद्ध छ रहेको उपप्रमुख तिवारीको कथन थियो । सामूहिक वा ब्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने कृषकहरुका लागि आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको बजारीकरणको ब्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने उपप्रमुख तिवारीको भनाई थियो ।
सानो संख्यामा र परम्परागत तबरबाट गर्दै आउनुभएको निर्वाहमुखी ब्यवसायलाई अब आधुनिक र थप ब्यवसायिकतातर्फ उन्मुख गराउन यो अभियान सञ्चालन गरिएको वालिङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुवेदीले बताए । चालु आर्थिक वर्षका लागि दश लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको ब्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाईएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले जानकारी दिए ।नगरपालिकाले घोषणा गरेको तीन वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७ ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरिएको थियो ।
यसवर्ष नगरपालिकाले तीनवटा पकेट क्षेत्रमा एकसय ४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने, कृषकहरुलाई आवश्यक ज्ञान सीपसहित तालीमहरु दिने, औषधि उपचारको ब्यवस्था मिलाउने छ । वालिङलाई माछा मासु तथा अण्डामा आत्मनिर्भर बनाउनका लागि यसखालका कार्यक्रमहरुले निक्कै महत्वपूर्ण भूमिका राख्ने भएकाले यो अभियानमा नगरपालिकासहित लक्षित कृषकहरु झन सक्रिय हुनु आवश्यक रहेको डा. अधिकारीले बताए । बंगुरका पाठापाठी वितरण कार्यक्रम पारिवन उपभोक्ता समूहका अध्यक्ष युक्तबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पशु विकास शाखाका प्राविधिक लेखनाथ अर्यालले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार