गृहमन्त्री, गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुख शीतलनिवासमा
नेपालबहस संवाददाता
असार ४, २०७८ शनिबार ०:०:२९
४ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएर छलफल गरेकी छिन् । शुक्रबार अपरान्ह गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग प्राकृतिक विपत्ति, राहत उद्धारको विषयमा छलफल गरेकी हुन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पौने चार बजे राष्ट्रपति कार्यालय पुगेर फर्केका छन् । गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शितल निवासमा गएका हुन् ।
देशभर आएको बाढी पहिरोले ठूलो संख्यामा जनधनको क्षति गरेको र सुरक्षाकर्मीहरुले उद्धारका लागि निभाएको भूमिको विषयमा छलफल गरेकी थिइन । उनले सबै गृहमन्त्रालय अन्र्तगर रहेका सुरक्षा अधिकारीहरुलाई चुस्तदुरुस्त खट्न र त्यसका लागि आवश्यक सेवा सुविधाको व्यवस्था गृहमन्त्री अधिकारीलाई आग्रह गरेकी थिइन ।
‘कोरोना संक्रमण र प्राकृतिक विपत्ति जस्तो संकट एकै साथ आइपरेकाले राहत र उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई सरकारले विशेष ध्यान दिनु पर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने आग्रह गर्नुभयो’, राष्ट्रपतिसँगको भेटका लागि पुगेका एक सुरक्षा प्रमुखले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार