सामुदायिक वनमा १५ वटा पानीको पोखरी निर्माण
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १७:१:१९
५ असार, तनहुँ । डिभिजन वन कार्यालय तनहुँले जङ्गली जनावर र मानव बीचको द्वन्द्व न्यूनिकरणको लागि सामुदायिक वनमा १५ वटा पानीको पोखरी निर्माण गरेको छ । जिल्लाको भानुनगरपालिकामा–१२,बन्दिपुरमा दुई र देवघाटमा एक पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयबाट दश र जिल्ला वन पैदावर समितिबाट पाँच पोखरी निर्माण गरिएको
जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्ध न्यूनिकरणको लागि रामवाण जस्तै बन्न पुगेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
तनहुँमा वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको उनले बताए । वन्यजन्तुलाई चाहिने पानी वनजङ्गल छेउमा नभएपछि पानीकै लागि मानव बस्ती पस्दा दुर्घटना हुने गरेको पत्ता लागेपछि पोखरी निर्माण कार्यलाई प्राथामिकता दिइएको उनले बताए ।
पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा आगलागि भएको छैन, चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको जनाइएको छ । पानीको अभावमा मानव र वन्यजन्तु द्धन्द्ध बढेकाले न्यूनिकरणको लागि चालु आर्थिक वर्षमा पोखरी निर्माण गरिएको हो । कार्यालयले विनियोजन गरेको १२ लाख ५० हजार रुपैयाँमा पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।
जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको सो कार्यालयले जनाएको छ ।
आव २०७४÷०७५ देखि २०७७/०७८ तीन वर्षमा तनहुँमा दश बालबालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका प्रशासन शाखाका अधिकृत पुष्प खनालले जानकारी दिए । वन्यजन्तुको आक्रमणबाट नौ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था हेरी रु २० हजार देखि रु।दुई लाखसम्म क्षतिपूर्ति दिने गरिएको उनले बताए ।
चितुवाको आक्रमणबाट मृत्यु भएकालाई क्षतिपूर्ति वापत रु।एक करोड ५४ लाख १३ हजार ३८ राहत बितरण गरेको सो कार्यालयले जनाएको छ । वन्यजन्तुबाट बाख्रा १०४, गाई १४, भैँसी तीन, सुँगुर बँगुर १२ र भेडा चार वटामा क्षति पुगेको छ । सोवापत रु।६ लाख २३ हजार ८५० क्षतिपूर्ति प्रदान गरिएको छ । वन कार्यालय तनहुँले जङ्गलमा पोखरी निर्माण गर्न तथा जथाभावी जङ्गलका रुख ढालेर डोजरे विकास नगर्न जिल्लाका दश वटै पालिकालाई आग्रह गरेको छ ।
हाँस बिक्री नहुँदा चिन्ता
बिक्रीको लागि तयारी अवस्थामा पुगेको हाँस बन्दाबन्दीका कारण बिक्री नहुँदा यहाँका हाँस व्यवसायीलाई चिन्तित बनाएको छ । व्यासनगरपालिका–१३ निवासी इश्वराज पन्थले पाल्नु भएको स्थानीय हाँस आफ्नो फार्ममा अझै बिक्री नभएर फार्ममा रहँदा उनलाई चिन्ताले पिरलेको छ । उनको फार्ममा करिब रु।एक करोड बीस लाख बराबरको हाँस बिक्री हुन नसकेर रहेको छ ।
शुरुमा दश हजार हाँस राख्नुभएका उहाँकोमा अहिले करिब सात हजार हाराहारी हाँस छन् । निषेधाज्ञा नखुल्दा दैनिक रु।५० हजार बढीको दाना खुवाएर पाल्नुपर्ने बाध्यता छ । पटक पटक निषेधाज्ञाको अवधि थपिदै जाँदा हाँसलाई दाना खुवाउन समेत धौ धौ भएको छ । उनले भने, “अघाउने गरी दाना दिने हो भने दिनमै सवा लाखको दाना खाइदिन्छ, त्यसैले जेनतेन तरिकाले पाल्नुपरेको छ ।”
दोस्रो भेरियन्ट सहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आव्हान गरेपछि बजारका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
किसान पन्थले दुई वटा फार्म दर्ता गरी सोही वडाको गुँदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की पाँच सय पाल्नुभएको छ भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस छुट्टाछुट्टै तरिकाले पाल्दै आएका छन् ।
दुई स्थानमा बस्ने घर निर्माण, जग्गा खरीद र फार्मको लागि आवश्यक संरचना निर्माण गर्दा करिब रु।१४ करोडको लगानी गरी फार्म सञ्चालनमा ल्याइए पनि पहिलो गाँसमै ढुङ्गा लागे जस्तो भएको पन्थले बताए ।
किसान पन्थले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायीक रुपमा व्यवसाय थाल्नुभएको हो । बन्दाबन्दी पश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखेपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म खुद्रा मासु बिक्री हुने गरेको छ । बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत कठिनाई भोग्नुपरेको किसान पन्थले बताए ।
हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो अर्डर लिएर बेलुका घरघरमा पु¥याइदिने गरिएको छ । उनले भने, “दाना खुवाउन पनि समस्या हुनथालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ।” निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुदैन्थ्यो । उनले भने, “होटल तथा रेष्टुरेन्टहरुमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।” केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज सुकुटी रु।एक हजार पाँच सयमा बिक्री गर्ने गरी प्याकेजिङ कार्य समेत अनिता ढकाल पन्थले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
बैशाख ६, २०८१ बिहिबार
दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल बढ्यो
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार