पाँच दिनयता बागलुङ बजारमा खानेपानी हाहाकार
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १८:४०:३२
५ असार, गलकोट । सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पु¥याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन ।
बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको सो बजारमा अहिले खानेपानीको हाहाकार नै भएको छ । अहिले खानेपानी आयोजनाको पानी सदरमुकाम ल्याउने पाइपका ठाउँठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगर खानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिए पनि हालसम्म पानी आपूर्ति हुन सकेको छैन ।
खानेपानीको अभावमा बागलुङ बजारका बासिन्दा डोकोमा गाग्री, बोतल तथा जार बोकेर बजार पारीको तित्याङ, गैँडाकोट तथा हाँडेपाखा धाउँदै आएका छन् । खानेपानी आपूर्ति नहुँदा कोरोना कहरमा सरसफाइमा समेत समस्या भएको बजारवासीले गुनासो गर्दै आएका छन् ।
पाँच दिनदेखि धारामा पानी नआउँदा शौचालय जानसमेत कठिन अवस्था आइसकेको बागलुङ बजारका स्थानीयवासी हरि सुवेदीले जानकारी दिए । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीका पाइप विभिन्न स्थानमा बाढीपहिराले क्षति पु¥याएको छ ।
पहिराले पाइप बगाउँदा बजार क्षेत्रभित्र पिउने पानी आपूर्ति हुन सकेको छैन । निरन्तरको प्रयासका बाबजुद रेश खोलाको मसहानको खानेपानी आज बेलुकासम्म बजार ल्याउने प्रयासमा रहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए।
पहिराकै कारण बागलुङ नगरपालिका–३ सुल्डाँडामा रहेको खानेपानीको रिजर्भ ट्याङ्कीसमेत जोखिममा परेको छ । बागलुङ बजार क्षेत्रभित्र रिठ्ठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठ्ठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर र भुदीबाट २० लिटर पानी दैनिक आउने गरेको छ । सदरमुकाममा प्रतिसेकेन्ड ४० लिटर खानेपानी आपूर्ति गर्दै आए पनि माग भने प्रतिसेकेन्ड ६० लिटर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार