निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १९:२५:६
५ असार, बाजुरा । एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ ।
एक स्पामसम्मको भाग सम्पन्न भइसकेको पुललाई थामेका टेका, स्याल्याब नदीको बहावले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिनाअघिमात्र काम शुरु गरिएको थियो ।
साँफे–मार्तडी सडक खण्डमा पर्ने सो मोटरेपुल २०७३ साल असार ३० गतेदेखि २०७५ असार ३० गते पुल निर्माणका लागि रु नौ करोड ८३ लाख ८२ हजार ५७९ कूल लागत अनुमान रकममध्ये रु पाँच करोड पाँच लाख १६ हजार ९०० मा काष्ठमाडाँै मसिना जेबीले सम्झौता गरेको थियो ।
अविरल वर्षाका कारण नदीमा पानीको वाहक बढ्दै गएकाले पुल निर्माणको काम रोकिएको काष्ठमाडौँ जेबी प्रालिका साइड इन्चार्ज रमेश चपाइले बताए । “अहिले झण्डै ७० प्रतिशत काम भइसकेको र ३० प्रतिशत काम गर्नमात्र बाँकी रहेको छ, पानी रोकिएपछि तथा बाढीपहिराबाट जोगिएपछि २०७८ साल असोजमै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उनले भने ।
पुलको एक भाग ढलान हालिएको ५० मिटर पुलको स्ल्याब तथा पिल्लर भाँचिने सम्भावना देखिएको छ । सङ्घीय सरकारबाट विनियोजित रकममा निर्माण सम्झौता भएको डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
असोज महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल लगातार पर्दै गएको वर्षाका कारण काम रोकिएको सडक डिभिजन साँफेबगरका इन्जिनीयर दमनकुमार विष्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमनसुनको समयमा फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
चैत ४, २०८० आइतबार
रसुवामा ४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का
चैत ४, २०८० आइतबार
नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री
फागुन ४, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार